"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ललिता निवास प्रकरण : भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

प्रकाशित मिति :  27 June, 2023 12:42 pm


काठमाडौँ- भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा निजीकरण गर्ने प्रकरणमा नाम जोडिएपछि मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले नक्सालस्थित निवासबाट गुरुङलाई पक्राउ गरेको हो।

किर्ते गरेर ललिता निवासको जग्गामा गुरुङले भाटभटेनीको गोदाम घर बनाएको प्रहरी अनुसन्धानबाट देखिएको छ। गुरुङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३९ करोड २७ लाख रुपैयाँ बरबरको बिगो दाबी गरेको छ।

ललिता निवास प्रकरणमा दोषी ठहर भएका उच्च तहका नेता, सरकारी कर्मचारी, व्यापारीलगायत गरी १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा दायर भएको मुद्दा विचाराधिन छ। ललिता निवासको १३६ रोपनी जग्गा हिनामिना भएको छ।

सबै प्रतिवादीमाथि माग दाबी गरिएको कुल रकम २० अर्ब हाराहारी छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक