"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ललिता निवास प्रकरण : भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

प्रकाशित मिति :  27 June, 2023 12:42 pm


काठमाडौँ- भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा निजीकरण गर्ने प्रकरणमा नाम जोडिएपछि मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले नक्सालस्थित निवासबाट गुरुङलाई पक्राउ गरेको हो।

किर्ते गरेर ललिता निवासको जग्गामा गुरुङले भाटभटेनीको गोदाम घर बनाएको प्रहरी अनुसन्धानबाट देखिएको छ। गुरुङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३९ करोड २७ लाख रुपैयाँ बरबरको बिगो दाबी गरेको छ।

ललिता निवास प्रकरणमा दोषी ठहर भएका उच्च तहका नेता, सरकारी कर्मचारी, व्यापारीलगायत गरी १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा दायर भएको मुद्दा विचाराधिन छ। ललिता निवासको १३६ रोपनी जग्गा हिनामिना भएको छ।

सबै प्रतिवादीमाथि माग दाबी गरिएको कुल रकम २० अर्ब हाराहारी छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा