"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक गरे सरकारका ६ महिनाको उपलब्धि [विवरण सहित]

प्रकाशित मिति :  १४ असार २०८०, बिहीबार १७:३२


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकारले ६ महिनामा ९६ प्रतिशत जनतामा विद्युतको पहुँच पुर्‍याएको उपलब्धि देखाएका छन्। पुस १० मा सरकार बनेयताको उपलब्धी सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले थप २.४१ प्रतिशत जनतामा विद्युतको पहुँच विस्तार गरेको बताएका छन्।

‘४०८ मेगावाट विद्युत उत्पादन क्षमता वृद्धि  भई हालसम्म जडित विद्युत २६७८ मेगावाट पुगेको। विद्युतमा पहुँच पुग्ने जनसंख्या ९३.५९ प्रतिशतबाट  वृद्धि भई ९६ प्रतिशत पुगेको छ,’ सरकारको उपलब्धि विवरणमा भनिएको छ,‘नेपाल र भारतबीच दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात गर्नेगरी दीर्घकालीन विद्युत व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ। फुकोट कर्णाली ४८० मेगावाट र तल्लो अरूण ६६९ मेगावाट निर्माण गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको। बुटवल–गोरखपुर प्रसारण लाइन (४०० केभी) को शिलान्यास कार्य सम्पन्न भएको छ।’

त्यस्तै उनले नेपाल-बंगलादेशबीच  ४० मेगावाटसम्म विद्युत निर्यात गर्न नेपाल, भारत तथा बंगलादेशबीच विद्युत बिक्री सम्झौता हुने प्रक्रियामा रहेको बताएका छन्। सूचना महामार्ग निर्माण कार्यअन्तर्गत हालसम्म १२,२३८ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न भएको उपलब्धिमा उल्लेख छ। ७३९ स्थानीय तहमा फोजी सेवा विस्तार भई ६६ प्रतिशत जनतामा पहुँच पुगेको र इन्टरनेट ग्राहकको घनत्व १३२.७६ प्रतिशत पुगेको उनले बताएका छन्।

कागजरहित सरकारको अवधारणा कार्यान्वयन गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा ६० निकाय आबद्ध भएको र हालसम्म २८ निकायमा उक्त प्रणाली सञ्चालनमा आएको उनको भनाइ छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको उपलब्धीमा बताएका प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू नियमित गर्नेसम्बन्धी कार्ययोजना तयार गरिएको बताएका छन्। भ्रष्टाचार न्यूनीकरणमा सरकारले नयाँ मानक स्थापित गरेको प्रधानमन्त्रीको दाबी छ।

‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यका तीनै तहमा कडाइका साथ कार्यान्वयन गरिएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाउने प्रकरणको निष्पक्ष र तथ्यपरक छानबिन गरी दोषीहरूलाई कानूनी दायरामा ल्याइएको छ,’ उपलब्धीको चर्चा गर्दै भनिएको छ, ‘मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्न मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनमा संशोधन गरिएको। यस सम्बन्धमा जाँचबुझ आयोग, गठन गरी हालसम्म दर्ता भएका २३ हजार १ सय १८ उजुरीउपर कारवाही भइरहेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुल ११ हजार ३ सय ७३ उजुरी दर्ता भएकोमा अनुसन्धानबाट ९ हजार ३ सय ७४ उजुरी फर्छ्यौट गरिएको। आयोगबाट सञ्चालित रङ्गेहात कारवाहीका क्रममा २९ व्यक्ति पक्राउ परेका छन्। भ्रष्टाचारसम्बन्धी विभिन्न कसुरमा ७८ मुद्दा दायर भई रु. १ अर्ब ११ करोड ५५ लाख बिगो दाबी गरिएको छ।’

यस्ता छन् प्रगती विवरण



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

झापा – नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई आफ्नो सेवा शुल्क सार्वजनिक गर्न परिपत्र गरेको छ। मन्त्रालयको गुणस्तर

काठमाडौँ- प्रधान सेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र

काठमाडौं – जाडो बढेसँग डेंगु सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य शाखाका प्रमुख