"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ललितानिवास भ्रष्टचार प्रकरणमा थप दुई जना पक्राउ

प्रकाशित मिति :  3 July, 2023 3:45 pm


काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा हडपेको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको सीआईबीकी निर्देशक एआईजी किरण बज्रचार्यले पुष्टि गरिन् ।

सीआईबीले आइतबार ललितानिवास जग्गा प्रकरणकै अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको थियो । त्यसअघि ७ जनालाई पक्राउ गरेकामा सर्वोच्च अदालतबाट पहिल्यै निषेधाज्ञाको आदेश लिएका तीन जना छुटेका थिए । यो प्रकरणमा हालसम्म ९ जना ब्यूरोको हिरासतमा छन् ।

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अनियमिततामा सरकारी कागजात किर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा