"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ललितानिवास भ्रष्टचार प्रकरणमा थप दुई जना पक्राउ

प्रकाशित मिति :  3 July, 2023 3:45 pm


काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा हडपेको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको सीआईबीकी निर्देशक एआईजी किरण बज्रचार्यले पुष्टि गरिन् ।

सीआईबीले आइतबार ललितानिवास जग्गा प्रकरणकै अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको थियो । त्यसअघि ७ जनालाई पक्राउ गरेकामा सर्वोच्च अदालतबाट पहिल्यै निषेधाज्ञाको आदेश लिएका तीन जना छुटेका थिए । यो प्रकरणमा हालसम्म ९ जना ब्यूरोको हिरासतमा छन् ।

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अनियमिततामा सरकारी कागजात किर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ