"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जलवायु परिवर्तनले भोकमरीको खतरा

प्रकाशित मिति :  4 July, 2023 7:48 pm


जेनेभा, एजेन्सी। संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर तुर्कले जलवायु परिवर्तनले भोकमरी र पीडाको  डरलाग्दो भविष्य निम्त्याउने खतरा रहेको  चेतावनी दिएका छन्।

भोल्कर तुर्कले जलवायु संकटसँग जुध्दा छोटो अवधिका लागि मात्र सोच्ने विश्वका नेताहरूको आलोचना पनि गरेका छन्। तुर्कले खाद्य अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को बहसमा चरम मौसमी घटनाहरूले बालीनाली, वन्यजन्तु र पारिस्थितिकीय प्रणालीलाई नष्ट पारिरहेको बताए। यसले गर्दा समुदायहरूको उत्थान र सहयोगका लागि काम गर्न कठिन बन्दै गएको उनकाे भनाइ छ।

‘सन् २०२१ मा ८२ करोड ८० लाखभन्दा बढी मानिसले खाद्यान्न असुरक्षा र अभावको सामना गरिरहेकोमा जलवायु परिवर्तनले यस शताब्दीको मध्यसम्ममा थप आठ करोड मानिस भोकमरीको जोखिममा पर्ने अनुमान गरिएको छ,’ तुर्कले भने।

जलवायु परिवर्तनले मानव जीवन झनै कष्टकर बन्दै गएकाे उनकाे भनाइ थियाे। जलवायुकै कारण विश्वकाे वातावरण जलिरहेको तथा बाढी आएको भन्दै उनले यसले उत्पादनहरू घट्दै गएको पनि औँल्याए।

जलवायु परिवर्तनलाई सम्बोधन गर्नु मानव अधिकारको मुद्दा भएको र जलवायु परिवर्तनबाट आउने जटिल संकट टार्न अझै पनि काम गर्न समय रहेकाे उनकाे सुझाव छ। तर त्यो समय अहिले नै भएको र ढिलो गर्नु नहुने उनले बताए।

  • रासस/एएफपी



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले

काठमाडौँ- ब‌गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले नेपालमा हुन गइरहेको संसदीय निर्वाचन सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। सपथग्रहण कार्यक्रममा सहभागी हुन

काठमाडौँ — आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ।

काठमाडौँ — महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ । बारामतीमा उनी सवार विमान दुर्घटनामा परेको छ