"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कतारी अमिरसँग नेपालका कार्यवाहक राजदूत सुवेदीद्वारा भेट

प्रकाशित मिति :  10 July, 2023 12:27 pm


काठमाडौँ । कतारका लागि नेपाली कार्यवाहक राजदूत कृष्णकुमार सुवेदीले त्यहाँका अमिर (राजा) सँग भेटवार्ता गरेका छन्। इस्लाम समुदायको महान पर्व ‘इद अल अधा’का अवसरमा शुभकामना आदानप्रदान गर्ने क्रममा उनले कतारका अमिर शेख तामिम बिन हमाद अल थानीसँग शिष्टाचार भेट गरेका हुन्।

उक्त अवसरमा आफूले नेपाल सरकार, नेपाली जनता र आफ्नो व्यक्तिगततर्फबाट कतारी जनता, अमिरको सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेको कार्यवाहक राजदूत सुवेदीले जानकारी दिए। इदका अवसरमा अमिर थानीले कूटनीतिक नियोगका प्रमुखहरूसँग भेटवार्ता एवं शुभकामना आदानप्रदान गर्दै आएका छन्।

त्यसैगरी कतारका प्रधानमन्त्री मोहम्मेद बिन अब्दुलरहमन बिन जास्सिम अल थानीले पनि कतारस्थित कूटनीतिक नियोगका प्रमुखहरूसँग शुभकामना आदानप्रदान गरेका थिए।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का नेता एवं भारतीय गृहमन्त्री अमित शाहबीच