"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि

प्रकाशित मिति :  12 July, 2023 5:31 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालपत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा नेपाली सेनाको एक टुकडीले उनलाई सलामी दिएको थियो ।

पशुपति आर्यघाटमा पुष्पकमल दाहालले पत्नी सीताको पार्थिव शरीरमा मुखाग्नि दिएका थिए । सीताको पार्थिव शरीरमा दागबत्ती प्रधानमन्त्री दाहालसहित छोरीहरु रेणु र गंगा दाहालले दिएका थिए । आर्यघाटमा पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तिहरु श्रद्धाञ्जली दिनका लागि उपस्थित थिए ।

सिंहदरबारमा बुधबार आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले दाहालको अन्त्येष्टि राजकीय सम्मानसहित गर्ने निर्णय गरेको थियो । ६९ वर्षीया सीताको बुधबार बिहान ८:३३ बजे नर्भिक अस्पताल थापाथलीमा निधन भएको हो ।

त्यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा ११ बजेदेखि १ बजेसम्म राखिएको थियो । सीताप्रति श्रद्धाञ्जली दिन पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, कूटनीतिक नियोगका अधिकारी, विभिन्न दलका नेता, कार्यकर्ता, आफन्त र शुभेच्छुक पार्टी कार्यालय पुगेका थिए ।

यसैबीच माओवादी केन्द्रले बुधबार शोक वक्तव्य जारी गरी सल्लाहकार सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रलाई अपुरणीय क्षति पुगेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री दाहाल पत्नी सीताको निधनप्रति शोक व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर