"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि

प्रकाशित मिति :  12 July, 2023 5:31 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालपत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा नेपाली सेनाको एक टुकडीले उनलाई सलामी दिएको थियो ।

पशुपति आर्यघाटमा पुष्पकमल दाहालले पत्नी सीताको पार्थिव शरीरमा मुखाग्नि दिएका थिए । सीताको पार्थिव शरीरमा दागबत्ती प्रधानमन्त्री दाहालसहित छोरीहरु रेणु र गंगा दाहालले दिएका थिए । आर्यघाटमा पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तिहरु श्रद्धाञ्जली दिनका लागि उपस्थित थिए ।

सिंहदरबारमा बुधबार आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले दाहालको अन्त्येष्टि राजकीय सम्मानसहित गर्ने निर्णय गरेको थियो । ६९ वर्षीया सीताको बुधबार बिहान ८:३३ बजे नर्भिक अस्पताल थापाथलीमा निधन भएको हो ।

त्यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा ११ बजेदेखि १ बजेसम्म राखिएको थियो । सीताप्रति श्रद्धाञ्जली दिन पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, कूटनीतिक नियोगका अधिकारी, विभिन्न दलका नेता, कार्यकर्ता, आफन्त र शुभेच्छुक पार्टी कार्यालय पुगेका थिए ।

यसैबीच माओवादी केन्द्रले बुधबार शोक वक्तव्य जारी गरी सल्लाहकार सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रलाई अपुरणीय क्षति पुगेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री दाहाल पत्नी सीताको निधनप्रति शोक व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा