"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मिटरब्याजसम्बन्धी विधेयक संसद्मा पेस नगरे सदन अवरुद्ध गछौँ : रवि लामिछाने

प्रकाशित मिति :  14 July, 2023 3:40 pm


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मिटरब्याजसम्ब्न्धी विधेयक नल्याए संसद् चल्न नदिने बताएका छन्। शुक्रबारको प्रतिनिधिसभाको बैठकमा उनले विधेयक पेस नगरिएकोप्रति आपत्ति जनाउँदै यस्तो चेतावनी दिएका हुन्।

‘आगामी बैठकमा मिटरब्याज पीडितहरूका लागि सरकारले ल्याउन खोजेको विधेयकलाई ब्युँताएर कार्यसूचीमा नराखे रास्वपाले सदन चल्न दिने छैन,’ उनले भने, ‘यो मिटरब्याजसम्बन्धी विषयलाई लिएर यो अध्यादेश जो जिरोमा गयो। प्रतिपक्षी बेन्चमा बसेका कारणले प्रतिपक्षीहरु यसको विरोधमा छन् भन्ने भाष्य निर्माण गर्न सकियो।’

उनले आफ्नो पार्टी पीडितहरूको पक्षमा रहेको र सरकारले कसको स्वार्थमा विधेयक पेस नगरेको भन्दै प्रश्न पनि गरे। उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी मिटरब्याजबाट पीडित भएकाहरूको पक्षमा छ। सरकारलाई यो विधेयक यथाशीघ्र सदनमा ल्याउन आग्रह गर्न चाहन्छ। मिटरब्याजका पक्षमा जीवनमरणको दोसाँधमा नागरिक छन्। उनीहरूको पीडाको सम्बोधन गर्नुपर्छ। कसको स्वार्थले ल्याएन? यो सदनलाई थाहा हुनुपर्छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको