"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मिटरब्याजसम्बन्धी विधेयक संसद्मा पेस नगरे सदन अवरुद्ध गछौँ : रवि लामिछाने

प्रकाशित मिति :  14 July, 2023 3:40 pm


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मिटरब्याजसम्ब्न्धी विधेयक नल्याए संसद् चल्न नदिने बताएका छन्। शुक्रबारको प्रतिनिधिसभाको बैठकमा उनले विधेयक पेस नगरिएकोप्रति आपत्ति जनाउँदै यस्तो चेतावनी दिएका हुन्।

‘आगामी बैठकमा मिटरब्याज पीडितहरूका लागि सरकारले ल्याउन खोजेको विधेयकलाई ब्युँताएर कार्यसूचीमा नराखे रास्वपाले सदन चल्न दिने छैन,’ उनले भने, ‘यो मिटरब्याजसम्बन्धी विषयलाई लिएर यो अध्यादेश जो जिरोमा गयो। प्रतिपक्षी बेन्चमा बसेका कारणले प्रतिपक्षीहरु यसको विरोधमा छन् भन्ने भाष्य निर्माण गर्न सकियो।’

उनले आफ्नो पार्टी पीडितहरूको पक्षमा रहेको र सरकारले कसको स्वार्थमा विधेयक पेस नगरेको भन्दै प्रश्न पनि गरे। उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी मिटरब्याजबाट पीडित भएकाहरूको पक्षमा छ। सरकारलाई यो विधेयक यथाशीघ्र सदनमा ल्याउन आग्रह गर्न चाहन्छ। मिटरब्याजका पक्षमा जीवनमरणको दोसाँधमा नागरिक छन्। उनीहरूको पीडाको सम्बोधन गर्नुपर्छ। कसको स्वार्थले ल्याएन? यो सदनलाई थाहा हुनुपर्छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २

काठमाडौं – प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा  समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९

काठमाडौं – निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार