"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतद्वारा मानवरहित चन्द्रयान–३ प्रक्षेपण

प्रकाशित मिति :  14 July, 2023 6:08 pm


नयाँदिल्ली, एजेन्सी । भारतले चन्द्रमाको सतहमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँदै चन्द्रयान–३ प्रक्षेपण गरेको छ । दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट चन्द्रयान–३ (रकेट) अन्तरिक्ष यान लिएर उडेको हो ।

विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको यो राष्ट्रसँग ‘कट–प्राइस एयरोस्पेस’ कार्यक्रम छ जुन विश्वव्यापी अन्तरिक्ष शक्तिहरूले अन्तरिक्षमा पुग्न पाएको सफलतापछि द्रूत गतिमा बन्द गरेका छन् । यसअघि रूस, संयुक्त राज्य अमेरिका र चीनले मात्र चन्द्रमाको सतहमा नियन्त्रित अवतरण गरेका थिए ।

चन्द्रमामा यान प्रक्षेपण गर्ने भारतको अन्तिम प्रयास ग्राउन्ड कन्ट्रोलले रकेट अवतरण गर्नुभन्दा केही क्षणअघि सम्पर्क गुमाएपछि चार वर्षअघि असफल भएको थियो । यदि भारतीय अन्तरिक्ष यानको बाँकी भाग योजना अनुसार अघि बढ्यो भने चन्द्रयान–३ अगस्ट २३ देखि २४ को बीचमा चन्द्रमाको सानो खोजी गरिएको दक्षिणी ध्रुवनजिकै सुरक्षित रूपमा अवतरण हुनेछ ।

यसैबीच फ्रान्स भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै यो मिसनले ‘हाम्रो राष्ट्रको आशा र सपना’ बोकेको बताए ।भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (आइएसआरओ) द्वारा बनाइएको चन्द्रयान–३ अन्तरिक्ष यानमा विक्रम नामको ल्यान्डर र ज्ञानको लागि संस्कृत शब्द प्रज्ञान नामको रोभर समावेश गरिएको छ ।

अभियानले सफलता पाएमा चन्द्रमाको दक्षिणी सतहलाई छोएपछि रोभरले विक्रमलाई रोल गर्नेछ र नजिकैको क्षेत्र अन्वेषण गर्नेछ र यसको विश्लेषणको लागि पृथ्वीमा छविहरू फिर्ता पठाउनका सङ्कलन गर्नेछ । रोभर एक चन्द्र दिन वा पृथ्वीको १४ दिनको अभियानका लागि काम गर्न सक्षम रहने भारतीय अन्तरिक्षविद्ले बताएका छन् । 

  • रासस/एएफपी



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले

काठमाडौँ- ब‌गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले नेपालमा हुन गइरहेको संसदीय निर्वाचन सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। सपथग्रहण कार्यक्रममा सहभागी हुन

काठमाडौँ — आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ।

काठमाडौँ — महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ । बारामतीमा उनी सवार विमान दुर्घटनामा परेको छ