"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतद्वारा मानवरहित चन्द्रयान–३ प्रक्षेपण

प्रकाशित मिति :  14 July, 2023 6:08 pm


नयाँदिल्ली, एजेन्सी । भारतले चन्द्रमाको सतहमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँदै चन्द्रयान–३ प्रक्षेपण गरेको छ । दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट चन्द्रयान–३ (रकेट) अन्तरिक्ष यान लिएर उडेको हो ।

विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको यो राष्ट्रसँग ‘कट–प्राइस एयरोस्पेस’ कार्यक्रम छ जुन विश्वव्यापी अन्तरिक्ष शक्तिहरूले अन्तरिक्षमा पुग्न पाएको सफलतापछि द्रूत गतिमा बन्द गरेका छन् । यसअघि रूस, संयुक्त राज्य अमेरिका र चीनले मात्र चन्द्रमाको सतहमा नियन्त्रित अवतरण गरेका थिए ।

चन्द्रमामा यान प्रक्षेपण गर्ने भारतको अन्तिम प्रयास ग्राउन्ड कन्ट्रोलले रकेट अवतरण गर्नुभन्दा केही क्षणअघि सम्पर्क गुमाएपछि चार वर्षअघि असफल भएको थियो । यदि भारतीय अन्तरिक्ष यानको बाँकी भाग योजना अनुसार अघि बढ्यो भने चन्द्रयान–३ अगस्ट २३ देखि २४ को बीचमा चन्द्रमाको सानो खोजी गरिएको दक्षिणी ध्रुवनजिकै सुरक्षित रूपमा अवतरण हुनेछ ।

यसैबीच फ्रान्स भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै यो मिसनले ‘हाम्रो राष्ट्रको आशा र सपना’ बोकेको बताए ।भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (आइएसआरओ) द्वारा बनाइएको चन्द्रयान–३ अन्तरिक्ष यानमा विक्रम नामको ल्यान्डर र ज्ञानको लागि संस्कृत शब्द प्रज्ञान नामको रोभर समावेश गरिएको छ ।

अभियानले सफलता पाएमा चन्द्रमाको दक्षिणी सतहलाई छोएपछि रोभरले विक्रमलाई रोल गर्नेछ र नजिकैको क्षेत्र अन्वेषण गर्नेछ र यसको विश्लेषणको लागि पृथ्वीमा छविहरू फिर्ता पठाउनका सङ्कलन गर्नेछ । रोभर एक चन्द्र दिन वा पृथ्वीको १४ दिनको अभियानका लागि काम गर्न सक्षम रहने भारतीय अन्तरिक्षविद्ले बताएका छन् । 

  • रासस/एएफपी



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

एजेन्सी – यस वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जितेका छन्। शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ

ऐजेन्सी – थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा

काठमाडौं – भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा