"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कूटनीतिक नियोगमा छ राजदूत सिफारिस

प्रकाशित मिति :  15 July, 2023 3:47 pm


काठमाडौँ । सरकारले रिक्त रहेका ६ नियोगमा राजदूत सिफारिस गरेको छ । सात नियोगहरूमा राजदूत खाली भएको रहेको अवस्थामा क्यानडाबाहेक अन्य स्थानमा करिअर राजदूतहरूलाई सिफारिस गरेको हो ।

परराष्ट्र स्रोतका अनुसार बिहीबार राजदूत सिफारिस गरिएको हो । तर यो सूचीमा परराष्ट्र सचिव भरतराज पौड्याल भने परेका छैनन् । उनको यही वर्षको मंसिरमा उमेर हदका कारण कार्यकाल सकिँदैछ । मन्त्रिपरिषद्को निर्णयअनुसार ६ जना मन्त्रालयका सहसचिवहरूलाई राजदूतमा सिफारिस गरिएको छ ।

न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगमा सहसचिव लोकबहादुर थापालाई सिफारिस गरिएको छ । थापा बेल्जियमका लागि नेपालका पूर्वराजदूत हुन् भने अहिले मन्त्रालयमा उत्तरपूर्वी एसियाका महाशाखा प्रमुखका रूपमा कार्यरत छन् । उनीबाहेक बाँकी ५ जना सहसचिव पहिलो पटक राजदूतमा सिफारिस भएका हुन् ।

यस्तै, जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगमा सहसचिव रामप्रसाद सुवेदीलाई सिफारिस गरिएको छ । उनी मन्त्रालयमा दक्षिण एसिया महाशाखा प्रमुखको रूपमा कार्यरत थिए ।

प्रोटोकल डिभिजनका प्रमुख सुधीर भट्टराईलाई फ्रान्सका लागि राजदूतमा सिफारिस गरिएको छ । यस्तै, प्रशासन प्रमुख घनश्याम लम्साल कुवेतका लागि राजदूतमा सिफारिस भएका छन् ।

सहसचिव तेजबहादुर क्षेत्रीलाई यूएईको राजदूतमा सिफारिस गरिएको छ । उनी अहिले मन्त्रालयमा मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख छन् । सहसचिव धनबहादुर वली थाइल्यान्डको लागि राजदूत भएका छन् । उनी अहिले क्षेत्रीय संगठन महाशाखामा प्रमुखका रूपमा कार्यरत छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

काठमाडौं – नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायक मन्त्री एसपल कपुरले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। मरिससमा आयोजना भएको हिन्द महासागर सम्मेलनमा सहभागी हुने क्रममा

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूलाई उनीहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ