"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई जरिबाना

प्रकाशित मिति :  16 July, 2023 11:39 am


इटहरी । इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई एक लाखसम्म जरिवाना तिराउने निर्णय गरेको छ। शुक्रबार बसेको शिक्षा शाखाको बैठकले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय भएको छ।

जसमा दसवटा आधारभूत र पाँचवटा माध्यमिक विद्यालयलाई जरिवाना तिराउने निर्णय भएको हो। शिक्षा शाखाको बैठकले आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको हो।

जसमा छात्रवृत्ति विवरण नबुझाउने आधारभूत तहका विद्यालयमध्ये वडा नं ४ मा सञ्चालित जेलिन मन्टेश्वरी स्कुल, किड्स ग्लो मन्टेश्वरी, वडा नं १३ मा सञ्चालित पिस एण्ड हर्ट इङ्लिस बोर्डिङ स्कुल, वडा नं ९ मा सञ्चालित पोल्सान मन्टेश्वरी स्कुल, वडा नं १४ को सृजना किण्डर गार्टेन मन्टेश्वरी र वडा नं ५ को हेप्पील्याण्ड चाईल्ड डे कियर छन्।

यस्तै, आधारभूत तहकै वडा नं २० को इन्द्रेणी स्कुल, वडा नं १० मा सञ्चालित इटहरी नमुना स्कुल, वडा नं १ मा सञ्चालित सुनाखरी विद्या मन्दिर र वडा नं. १६ को जानकी मन्टेश्वरी स्कुलले पनि छात्रवृत्ति विवरण बुझाएका छैनन् । यी विद्यालयलाई प्रति विद्यालय ५० हजारका दरले जरिवाना तिराउने निर्णय भएको छ।

यस्तै, माध्यमिक विद्यालयतर्फ वडा नं १७ मा सञ्चालित गोल्डेन फ्यूचर इङ्लिस बोडिङ् स्कुल, वडा नं. ६ को इटहरी चिल्ड्रेन स्कुल, वडा नं. ४ को इटहरी मोडल सेकेण्डरी स्कुल, वडा नं. ६ को ह्वाइट सोल एकेडेमी र इटहरी वडा नं. २ को लिटिल केयर बोडिङ स्कुललाई एक लाख रुपैयाँका दरले जरिवाना तिराउने निर्णय भएको जानकारी दिइयो ।

नगरप्रमुख हेमकर्ण पौडेलले छात्रवृत्ति दिन चासो नदिने विद्यालयलाई सात दिनभित्रमा जरिवाना तिर्न पत्राचार गर्ने निर्णय भएको बताए ।उपमहानगरपालिकाको शिक्षा ऐनमा उपमहानगरको निर्देशन पालना नगर्ने विद्यालयको स्वीकृति, अनुमति रद्द गर्न सकिने व्यवस्था छ ।निजी विद्यालयलाई उपमहानगरपालिकाले तीनपटकसम्म छात्रवृत्ति विवरण बुभाउन सूचना जारी गरेर असार २८ गतेसम्मको अन्तिम समयसीमा तोकेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन

काठमाडौँ – नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा माघ एक महिनामा औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ। गत माघमा

काठमाडौँ – नेपाल वायु सेवा निगमले बुधबार राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ।