"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपा र राप्रपाले गरे संसद अवरूद्ध

प्रकाशित मिति :  16 July, 2023 6:40 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वेल घेरेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ।सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

रास्वपा र राप्रपाका सांसदहरू बसेको ठाउँबाट उठेर वेलतर्फ गएपछि सभामुखले बैठक स्थगित गरेका हुन्। रास्वपा प्रमुख सचेतक सन्तोष परियारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० माथि छलफल भइरहे पनि सभामुखले निर्णयार्थ प्रस्ताव पेश नगरेको बताएका थिए।

यसपछि सभामुख घिमिरेले प्रस्तावमाथि घोषणा हुँदा सांसदहरूले आपत्ति नजनाएको उल्लेख गरेका थिए। रास्वपा र राप्रपाले विधेयक प्रस्तुत गर्ने विधिमा प्रश्न उठाएर रोष्टम घेराउ गरेका हुन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २

काठमाडौं – प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा  समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९

काठमाडौं – निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार