"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सार्वजनिक यातायातको भाडा घट्यो [भाडादर सहित]

प्रकाशित मिति :  17 July, 2023 5:05 pm


काठमाडौँ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा पनि घटेको छ । स्वचालित प्रणालीले डिजल र पेट्रोलको मूल्य घटाएलगतै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको छ । 

स्वचालित प्रणालीअनुसार डिजलमा प्रतिलिटर ४ र पेट्रोल ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबहाक सवारी साधनमा २.१३ प्रतिशत, मालबहाक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको महानिर्देशक नारायणप्रसाद भट्टराइले बताए।

‘घटाएको भाडादर आजदेखि नै लागू हुनेछ, त्यसको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने ‘पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने वैज्ञानिक भाडादर कायम सम्बन्धी कार्यविधि छ । त्यहीं कार्यविधिमा रहेर भाडा समायोजन गरिएको छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव