"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौँ महानगरपालिकाले तोक्यो पार्किङ शुल्क, व्यावसायिक भवनमा पार्किङ निःशुल्क

प्रकाशित मिति :  18 July, 2023 1:02 pm


काठमाडौँ । पार्किङ गरेबापत जथाभाबी शुल्क लिने गरेपछि काठमाडौँ महानगरपालिकाले शुल्क नलिन निर्देशन गरेको छ । काठमाडौँ महानगरपालिकाभित्रका व्यावसायिक भवनहरू (निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स) अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनुपर्ने जनाएको छ । 

महानगरपालिकाको आर्थिक ऐन २०८० का प्रावधानका विषयमा जानकारी दिँदै प्रमुख बालेन्द्र शाह (बालेन)ले आवासीय वा व्यावसायिक भवनहरूले सेवा लिन आएका सेवाग्राहीसँग सवारीसाधन पार्किङ बापतको शुल्क सङ्कलन गर्न निषेध गरिएको जानकारी दिए ।

प्रमुख शाहका अनुसार व्यावसायिक रूपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुनेछ व्यवस्था गरिएको छ । पार्किङ प्रयोजन देखाई नक्सा स्वीकृत गरेका भवनको पार्किङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेकाको हकमा भने महानगरपालिकाले कारबाही गर्ने जनाएको छ । 

महानगरले सार्वजनिक सडकहरूमा सवारी साधन पार्किङ सञ्चालनमा रोक लगाइसकेको छ । महानगरले निश्चित अवधि तोकेर दिएको कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराएबापत निश्चित सवारी साधन पार्किङ शुल्क लगाइ असुल गर्न पाउने व्यवस्था गरेको छ । निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले महानगरपालिकाबाट पूर्व अनुमति लिएको हुनुपर्छ । 

महानगरपालिकाले अन्य सम्भावित क्षेत्र पहिचान गरेर पैदल मार्ग (फुटपाथ) बाहेक सवारी आवागमनमा अवरोध नहुने गरी नगर कार्यपालिकाले मापदण्ड तोकेर पार्किङ सुविधा निःशुल्क र सशुल्क उपलब्ध गराउन सक्ने ऐनमा व्यवस्था गरेको छ । पार्किङका लागि न्यूरोड, धर्मपथ, कान्तिपथ, दरबार मार्गलगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म) काठमाडौँको मध्य भागका तोकिएका स्थानलाई क्षेत्र नं १ मा राखिएको छ ।

यस क्षेत्रमा सवारी साधन पार्किङ गरेबापत शुल्क दुई २ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म १५ रुपियाँ र प्रतिघण्टा २५ रुपियाँ कायम गरिएको छ । यसै गरी ४ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म ५० रुपियाँ र प्रतिघण्टा ८० रुपियाँ तोकेको छ ।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा