"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अमेरिकीलाई चीनको प्रश्न : एमसीसी सम्झौता कस्तो उपहार हो ?

प्रकाशित मिति :  23 February, 2022 9:46 pm


काठमाडौं ।  चीनले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताबारे पुनः प्रश्न गरेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चिनयिङले नेपालसँग गरिएको एमसीसी सम्झौता कस्तो उपहार हो भनी प्रश्न गरेकी छन्। उनले एकातिर उपहार पनि भन्ने तर अल्टिमेटम पनि दिने भन्ने विषय आश्चर्य रहेको बताएकी हुन्। 

‘अमेरिकाले एमसीसी सम्झौतालाई उपहार भनेको छ। तर यो उपहार लिन अल्टिमेटम आवश्यक पर्छ र? उपहारलाई कसरी अल्टिमेटम तोकियो। म आश्चर्यमा परेकी छु,’ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटघाटमा उनले भनिन्।

उनले अमेरिकी अधिकारीहरुले एमसीसी अनुमोदन नभए द्विपक्षीय सम्बन्धमा असर पर्ने भन्ने दिएको अभिव्यक्तिले पनि यो उपहार हो कि प्यान्डोराज बक्स हो बुझ्न नसकेको बताइन्। ‘उपहारमा कसरी अल्टिमेटमको पोका आउन थाल्यो। त्यस प्रकारको उपहार कसरी स्वीकार्न सक्छ? यो हेर्दा राम्रो छ तर चपाउन मुस्किल पार्ने मासु हो भनेर नेपालीले भन्ने हुन कि भन्ने डर छ,’ उनले भनेकी छन्।

उनले अन्तर्राष्ट्रिय सहयोग लिँदा पारस्परिक सम्बन्ध र सार्वभौम सत्ता र त्यहाँको जनताको सम्मान गर्नुपर्ने बताइन्। ‘अन्य मुलुकको सार्वभौम सत्तामा अहित हुने काम गर्नु हुँदैन। नेपाली जनताले स्वतन्त्ररुपमा विकासका योजनाहरु रोज्न पाउनुपर्छ,’ उनले भनिन्, ‘नेपालको आर्थिक, सामाजिक विकासमा सहयोग गर्न चीन सधैं तयार छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले

काठमाडौँ- ब‌गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले नेपालमा हुन गइरहेको संसदीय निर्वाचन सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। सपथग्रहण कार्यक्रममा सहभागी हुन

काठमाडौँ — आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ।

काठमाडौँ — महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ । बारामतीमा उनी सवार विमान दुर्घटनामा परेको छ