"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अमेरिकीलाई चीनको प्रश्न : एमसीसी सम्झौता कस्तो उपहार हो ?

प्रकाशित मिति :  23 February, 2022 9:46 pm


काठमाडौं ।  चीनले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताबारे पुनः प्रश्न गरेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चिनयिङले नेपालसँग गरिएको एमसीसी सम्झौता कस्तो उपहार हो भनी प्रश्न गरेकी छन्। उनले एकातिर उपहार पनि भन्ने तर अल्टिमेटम पनि दिने भन्ने विषय आश्चर्य रहेको बताएकी हुन्। 

‘अमेरिकाले एमसीसी सम्झौतालाई उपहार भनेको छ। तर यो उपहार लिन अल्टिमेटम आवश्यक पर्छ र? उपहारलाई कसरी अल्टिमेटम तोकियो। म आश्चर्यमा परेकी छु,’ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटघाटमा उनले भनिन्।

उनले अमेरिकी अधिकारीहरुले एमसीसी अनुमोदन नभए द्विपक्षीय सम्बन्धमा असर पर्ने भन्ने दिएको अभिव्यक्तिले पनि यो उपहार हो कि प्यान्डोराज बक्स हो बुझ्न नसकेको बताइन्। ‘उपहारमा कसरी अल्टिमेटमको पोका आउन थाल्यो। त्यस प्रकारको उपहार कसरी स्वीकार्न सक्छ? यो हेर्दा राम्रो छ तर चपाउन मुस्किल पार्ने मासु हो भनेर नेपालीले भन्ने हुन कि भन्ने डर छ,’ उनले भनेकी छन्।

उनले अन्तर्राष्ट्रिय सहयोग लिँदा पारस्परिक सम्बन्ध र सार्वभौम सत्ता र त्यहाँको जनताको सम्मान गर्नुपर्ने बताइन्। ‘अन्य मुलुकको सार्वभौम सत्तामा अहित हुने काम गर्नु हुँदैन। नेपाली जनताले स्वतन्त्ररुपमा विकासका योजनाहरु रोज्न पाउनुपर्छ,’ उनले भनिन्, ‘नेपालको आर्थिक, सामाजिक विकासमा सहयोग गर्न चीन सधैं तयार छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

एजेन्सी – यस वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जितेका छन्। शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ

ऐजेन्सी – थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा

काठमाडौं – भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा