"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपप्रधामन्त्री खड्का र कोरियाली राजदूतबीच भेट

प्रकाशित मिति :  21 July, 2023 10:25 am


काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोङबीच भेट भएको छ। रक्षा मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले नेपाल र दक्षिण कोरियाबीचको दुई पक्षीय सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउन कोरिया सरकारको योगदानको प्रशंसा गरेका थिए।

उपप्रधानमन्त्री खड्काले पार्कको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्‍वास व्यक्त गरेका छन्।  सोही क्रममा उपप्रधानमन्त्री खड्काले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वर्ष पुगेको अवसरमा दुई देशको सम्बन्धलाई मैत्रीपूर्ण बनाउन दुई देशले काठमाडौं र सियोलमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्न लागेकोमा खुसी व्यक्त गरेका थिए।

साथै उनले कोरियाले लामो समयदेखिको भरपर्दो विकास साझेदार भएको कुरा स्मरण गर्दै ऊर्जा, शिक्षा, स्वास्थ्य, मानव संशाधन र ग्रामीण विकासमा कोरिया सरकारले गरेको सहयोग नेपालको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण भएको धारणा समेत व्यक्त गरेका थिए।

नेपाली युवालाई ठूलो संख्यामा रोजगारी उपलब्ध गराएकोमा कोरिया सरकारलाई धन्यवाद व्यक्त गर्दै मन्त्री खड्काले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

राजदूत पार्कले कोरियाली पर्यटकका लागि नेपाल प्राथमिकतामा रहेकोले आफ्नो कार्यकालमा कोरियाली पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने विचार व्यक्त गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारमा बिहीबार भएको भेटघाटमा सभामुख अर्यालले सरकारले

काठमाडौं – सरकारले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने