"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआन काठमाडौंमा

प्रकाशित मिति :  ७ श्रावण २०८०, आईतवार १७:४५


काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आइपुगेका छन् । श्रीलंका भ्रमण सकेर उनी काठमाडौं आएका हुन् ।

युआन सीपीसीका उच्च तहका नेता हुन् । तीन दिन काठमाडौं रहँदा उनले नेपालका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछन् । यद्यपि प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भने भेटवार्ता हुनेछैन ।

शनिबार नै प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान गरिसकेका छन् । तर युआनको यो भ्रमणमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे समेत छलफल हुने तयारी रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीबीच तीनदिन देखि जारी उच्चस्तरीय बैठक सोमबार सम्पन्न भएको छ। उक्त बैठकले सीमापार हुने अपराध

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणभन्दा अघि परराष्ट्र मन्त्री आरजु राणा देउवा चीन भ्रमणमा जाने भएकी छन्। परराष्ट्र

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि नेपाली राजदूत नियुक्त गरेका छन् । पौडेलले आइतबार अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी

काठमाडौँ – परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन्। बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले सर्वसम्मतिले उनलाई बेल्जियमका लागि