"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माओवादीको तेस्रो दिनको बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्दै

प्रकाशित मिति :  4 August, 2023 1:13 pm


काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ। कमलादीस्थित प्रज्ञा भवनमा शुक्रबार तेस्रो दिनको बैठक सुरू भएको हो।आजको बैठकमा पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो दिन प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्।

प्रचण्डको प्रतिवेदनमाथि अहिलेसम्म ७४ जनाले धारणा राखिसकेका छन्। पहिलो दिन १८ जना र बिहीबार ५६ जनाले धारणा राखेको उपाध्यक्ष तथा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छ्न।  यसपालि सबै केन्द्रीय सदस्यहरूलाई बोल्न दिने माओवादीको तयारी छ। केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ५ मिनेटको समय निर्धारण गरिएको छ।

बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी र प्रदेश पदाधिकारी गरी ७५८ जना सहभागी छन्। बैठक साउन २१ सम्म चल्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर