"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता

प्रकाशित मिति :  6 August, 2023 11:59 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गर्दै दिल्ली भ्रमणमा भएका बाचाहरू सम्झाएका छन्। शनिबार भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गर्दै दुईपक्षीय सम्बन्धलाई अघि बढाउन गत जेठमा दिल्लीमा भएका बाचा स्मरण गराएका हुन।

प्रधानमन्त्री दिल्लीबाट आएपछि शोकमा परे भने त्यसलगत्तै राष्ट्रसंघीय कार्यक्रममा भाग लिन इटाली गएका थिए। उनी त्यहाँबाट आएर चीन भ्रमणमा जाने प्रक्रिया अघि बढिरहेको अवस्थामा भारतीय प्रधानमन्त्रीले ‘फलोअप’ टेलिफोन वार्ता गरेका हुन।

टेलिफोन वार्तामा दुई प्रधानमन्त्री नेपाल र भारतका द्विपक्षीय सहयोगका विभिन्न पक्षको समीक्षा गरेको पनि बताइएको छ। साथै द्विपक्षीय साझेदारीलाई अगाडि बढाउन र प्रगाढ सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री प्रचण्डको गत जेठमा भएको चारदिने भारत भ्रमणको स्मरण पनि गरिएको थियो।

नेपाल पक्षबाट टेलिफोन वार्ताबारे केही नभनिए पनि भारतीय पक्षले यसलाई बाहिर ल्याएको छ। यो टेलिफोन वार्ताले दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। छिमेक पहिलो नीतिअनुरूप नेपाल भारतको लागि ‘कि पार्टनर’ रहेकाे भारतीय प्रधानमन्त्री मोदीले बताएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारमा बिहीबार भएको भेटघाटमा सभामुख अर्यालले सरकारले

काठमाडौं – सरकारले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने