"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसमीसी सम्झौताका बारेमा कांग्रेस र एमाले नेताहरू निर्णायक छलफलमा

प्रकाशित मिति :  १३ फाल्गुन २०७८, शुक्रबार २०:०३


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेपाली कांग्रेस र नेकपा एमालेका नेताबीच निर्णयक छलफल सुरु भएको छ ।

विपक्षी दलका नेता ओलीलाई भेट्न प्रधानमन्त्री देउवा आफैं बालकोट गएका हुन् । प्रधानमन्त्री देउवाको साथमा कांग्रेसका अरू नेताहरू पनि सहभागी छन् । यसअघि प्रधानमन्त्री र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वार्ता भएको थियो ।

प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका नेताहरूसँग एसमीसी पास गर्ने र गठबन्धन पनि जोगाउने विषयमा छलफल गरेका थिए । उक्त छलफल सकारात्मक भएको नेताहरूले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌ले

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिंग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि