"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेको निरन्तर अवरोधपछि दुवै सदनका बैठक स्थगित

प्रकाशित मिति :  11 August, 2023 2:27 pm


काठमाडौँ ।  नेकपा एमालेले लगातार अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरण बारे छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग राख्दै अवरुद्ध गरेको हो।

सभामुखले आगामी सोमबार बस्ने गरी बैठक स्थगित गरेका हुन्। त्यस्तै, सत्ता र प्रमुख प्रतिपक्षी दुवैको अवरोधका कारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ। आकस्मिक समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएपछि नियमित कार्यसूचीमा प्रवेश गर्ने क्रममा एमाले सांसदले उठेर विरोध गरेका थिए।

त्यसपछि अध्यक्ष गणेश तिमल्सिनाले एमाले संसदीय दलका प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठलाई बोल्न समय दिए। तर, सत्ता पक्षका सांसदहरुले प्रतिपक्षलाई मात्रै बोल्न दिएको भन्दै उठेर विरोध गरिरहे।

सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध गरिरहेपछि अध्यक्ष तिमल्सिनाले बसेर बैठक संचालनमा सहयोग गर्न आग्रह गरे। तर, सत्ता र प्रतिपक्षी दलका सबै सांसदले उठेर विरोध गरिरहेपछि अध्यक्ष तिमल्सिनाले बैठक स्थगित भएको घोषणा गरे।

अब राष्ट्रियसभाको अर्को बैठक साउन ३१ गते बुधबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ।प्रतिनिधिसभा बैठक साउन २९ गते सोमवारलाई बोलाईएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूले अध्यादेशहरू जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। सरकारले संवैधानिक परिषदसहित ५ वटा

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट