"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस सांसद सुनील शर्मालाई थुनामा राख्न जिल्ला अदालतको अस्वीकार

प्रकाशित मिति :  11 August, 2023 6:52 pm


काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई अनुसन्धानका लागि म्याद थप्न अदालतले अस्वीकार गरेको छ। बिहीबार दिउँसो आफ्नै निवास मण्डिखाटारबाट पक्राउ परेका शर्मालाई आज शुक्रबार थप अनुन्धानका लागि भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौँ पुर्‍याएको थियो।

अदालतले म्याद थप गर्न अस्वीकार गरेसँगै उनी थुनामुक्त भएका छन्। नक्कली शैक्षिक प्रमाणपत्रमा छानबिनका लागि भन्दै पक्राउ परेका अन्य सात जना डाक्टरहरू भने प्रहरी हिरासतमै छन्।

उनी मोरङ ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन्। न्यायाधीश दण्डपाणि शर्माको इजलासले सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान अघि बढाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईब)लाई आदेश दिएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा