"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् गतिरोधबारे एमालेले आफ्नो धारणा सार्वजनिक गर्दै

प्रकाशित मिति :  13 August, 2023 11:35 am


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् गतिरोधलगायत पछिल्लो राजनीतिक अवस्थाबारे विशेष पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्दै छ।

आइतबार मध्याह्न १२ः४५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको एमालेका प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिएका छन्।

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष ओली उपस्थित हुने र पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीले धारणा सार्वजनिक उनले जानकारी दिए।

त्रिभुवन विमानस्थलअगाडिबाट एक क्विन्टल सुन समातिएको प्रकरणमा एमालेले उच्चस्तरीय समिति बनाएर छानबिन गर्न माग गर्दै संसद् अवरूद्ध गर्दै आएको छ। एमालेको अवरोधका कारण साउन १० गतदेखि संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।

प्रकरणबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा उठेका प्रश्नको जवाफ पनि दिए। गृहमन्त्रीको जवाफबाट सन्तुष्ट हुन नसकेको एमालेले उच्चस्तरीय छानबिन समितिकै अडानमा छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा