"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल

प्रकाशित मिति :  11 June, 2026 8:24 pm


काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले बिहीबार पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको हो ।

सुझाव संकलनका क्रममा संयोजक शाहसहितको कार्यदल टोली ललितपुरको मानभवनस्थित दाहाल निवास पुगेको थियो । सोही निवासमा पूर्वप्रधानमन्त्रीत्रय दाहाल, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो ।

यसअघि कार्यदलले पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी संविधान संशोधनका विषयमा सुझाव संकलन गरेको थियो ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची पारित गर्दै संविधान संशोधन बहसपत्र तयार गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति गैरजिम्मेवार

काठमाडौँ- नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डसम्बन्धी छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन्। मंगलबार शीतल निवासमा राष्ट्रपतिसमक्ष पद तथा

काठमाडौँ- सुधन गुरुङ र महावीर पुनले मंगलबार क्रमशः गृहमन्त्री तथा विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका