"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा

प्रकाशित मिति :  13 August, 2023 11:38 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्। प्रधानमन्त्रीले आफ्नै दलका एक मन्त्रीलाई फिर्ता बोलाएर जनमत पार्टीलाई सरकारमा सहभागी गराउने उद्देश्यले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन्। बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषद् हेरफेर आजै केही बेरमा हुनेछ।

जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेकाले उनी सम्भवत आज मन्त्री बन्ने छिन्। प्रचण्डको मन्त्रिपरिषद्‍ अहिले नै २५ सदस्यीय छ। संविधानत उनले यसभन्दा बढी मन्त्री बनाउन नपाउने हुनाले पनि जनमतलाई सहकारमा सहभागी बनाउन वर्तमान मन्त्रिपरिषद्का एक सदस्य हटाउनु पर्ने हुन्छ।

माओवादी केन्द्रसँग गृह, सञ्चार तथा सूचना प्रविधि, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन गरी ५ मन्त्रालय छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने र केही हेरफेर सहित साहलाई मन्त्री बनाउने छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीलाई हटाउने कि भन्ने थियो तर माअ‍ेवादी भित्रको दोस्रो पुस्ताले प्रधानमन्त्रीलाई किरातीलाई हटाउन नहुने दबाब दिएका कारण उनी नभै मोदी फिर्ता हुन लागेको स्रोतले बतायो।

मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै करिब ४ महिनाअघि सरकारबाट बाहिरिएको थियो, जनमत पार्टी। अहिले पुनः सरकारमा सहभागी हुने तर पुरानै इच्छाअनुसारको मन्त्रालय पाउनुपर्ने जनमतको जोड छ। पार्टीले मन्त्रीका लागि समानुपातिक सांसद साहको नाम एक साता अघि नै सिफारिस गरेको हो।

प्रचण्डको मन्त्रीपरिषद पटक-पटक हेरफेर र विस्तार हुँदै यहाँसम्म आएको छ। यो विस्तार पनि जनमतलाई नजिक राख्ने प्रचण्डको अर्को दाउ हो। यता सत्तारुढ घटकहरु प्रचण्डले सबैलाई सक्ने भए भन्दै यसमा गम्भीर हुन कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरिरहेका छन्। देउवा आफैँ पनि श्रीमतीको कारण बलियो रुपमा प्रचण्डसँग प्रस्तुत हुन सकिरहेका छैनन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय