"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक : शेखर कोइराला

प्रकाशित मिति :  13 August, 2023 4:24 pm


काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको आवश्यक औँल्याएका छन् । आइतबार बसेको संसदीय दल बैठकमा कोइलालाले उच्चस्तरीय समिति बनाएर सुन प्रकरणमाथि छानबिन गरिनुपर्ने बताए।

‘प्रचण्डजीको सचिवालयमा काम गर्ने अर्थ मन्त्रालयका एक कर्मचारी एक साता पहिले राजश्व अनुसन्धानको महानिर्देशक भएर जानहुन्छ, सुन समातिन्छ र त्यसपछि घटनाहरू पनि हेरौं,’ उनले भने, ‘;सीआइबीलाई छानबिन गर्न किन दिनुपर्‍यो, राजश्व अनुसन्धानले नै छानबिन गर्न सक्षम छ भन्नुहुन्छ । त्यसैले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छ।’

सुन कुन देशबाट नेपाल भित्रिएको हो र ती देशहरूलाई सरकारले पत्राचार गरेर बुझ्यो कि बुझेन भन्ने कोइरालाको प्रश्न थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गरेकोबारे पनि सोच्नुपर्ने उनको भनाइ छ ।‘एमालेले किन उच्चस्तरीय छानबिन समिति माग गरेको हो ? त्यतातर्फ पनि सोच्नुपर्छ,’ कोइरालाले भने ।

यस्तै उनले लुम्बिनी विकास कोषको उपाध्यक्षमा सरकारले विवादित व्यक्ति ल्यारक्याल लामालाई नियुक्त गरेकोमा पनि विरोध गरे  । ‘अपजसको भारी बोक्न चाहँदैनौँ भने ल्यारक्याल लामा जस्ता व्यक्तिहरुलाई अब्जेक्ट गर्नुपर्छ भन्ने कुरामा दुई मत छैन । म पनि चिन्छु, सँगै बसेर गफ हुन्छ । तर यसरी नियुक्त गर्दाखेरि पार्टी पनि जोडिएको छ । पार्टीको भविष्य र छविमा प्रश्न उठेको छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा