"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीलाई दिएको समर्थनमा कांग्रेसले पुनर्विचार गर्नुपर्छ : प्रदीप पौडेल

प्रकाशित मिति :  13 August, 2023 4:45 pm


काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चर्चित भ्रष्टाचार प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताएका छन्।सरकारले उच्चस्तरीय समिति गठन गर्न नचाहेको उल्लेख गर्दै पौडेलले त्यसो भए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थनमा कांग्रेसले पुनर्विचार गर्नुपर्ने बताए।

‘सबै चर्चित घटनाहरू छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने निर्णय कांग्रेस संसदीय दलले गर्नुपर्छ,’ आइतबार नयाँ बानेश्वरमा बसेको संसदीय दल बैठकमा पौडेलले भने, ‘सरकार उच्चस्तरीय छानबिन समिति बनाउन तयार नहुने हो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिनुपर्छ।’

उनले गणतन्त्र आएदेखिका चर्चित भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्न सरकार तयार हुनुपर्ने र त्यसका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा