"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीलाई दिएको समर्थनमा कांग्रेसले पुनर्विचार गर्नुपर्छ : प्रदीप पौडेल

प्रकाशित मिति :  13 August, 2023 4:45 pm


काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चर्चित भ्रष्टाचार प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताएका छन्।सरकारले उच्चस्तरीय समिति गठन गर्न नचाहेको उल्लेख गर्दै पौडेलले त्यसो भए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थनमा कांग्रेसले पुनर्विचार गर्नुपर्ने बताए।

‘सबै चर्चित घटनाहरू छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने निर्णय कांग्रेस संसदीय दलले गर्नुपर्छ,’ आइतबार नयाँ बानेश्वरमा बसेको संसदीय दल बैठकमा पौडेलले भने, ‘सरकार उच्चस्तरीय छानबिन समिति बनाउन तयार नहुने हो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिनुपर्छ।’

उनले गणतन्त्र आएदेखिका चर्चित भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्न सरकार तयार हुनुपर्ने र त्यसका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।