"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माओवादीका मन्त्री अमनलाल मोदीलाई फिर्ता, जनमत पार्टीकी अनिताको शपथ

प्रकाशित मिति :  13 August, 2023 7:35 pm


काठमाडौँ । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आज आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गराएका हुन्। सरकारमा जनमत पार्टीकी समानुपातिक सांसद अनितादेवी साह मन्त्री बन्दैछन्। उनलाई सामान्य प्रशासनमन्त्री नै बनाउने कि कुन मन्त्री भन्ने निर्णय सत्ता गठबन्धनले गरिसकेको छैन।

प्रचण्डको मन्त्रिपरिषद्‍ अहिले नै २५ सदस्यीय छ। संविधानत उनले यसभन्दा बढी मन्त्री बनाउन संवैधानिक बाधार भएपछि पार्टीबाट मन्त्री बनेकालाई हटाएका हुन्।

जनमतले पार्टीकी समानुपातिक सांसद साहलाई यसअघि नै मन्त्रीका लागि सरकारबाट सिफारिस गरिसकेको छ। माओवादी केन्द्रसँग प्रधानमन्त्री, गृह, सञ्चार तथा सूचना प्रविधि, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन गरी ६ मन्त्रालय छन्। अब संघीय मामिला मन्त्रालय माओवादीसँग रहन्छ या रहँदैन टुंगो छैन।

माओवादीमा पर्यटनमन्त्री सुदन किराँती वा मोदीमध्ये एक जनालाई हटाउनेबारे छलफल भएको थियो। तर पछिल्लो समय चर्चामा रहेका किराँतीलाई हटाउँदा बाहिर नराम्रो सन्देश जाने पार्टीका नेताहरूको सुझावअनुसार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले मोदीलाई हटाएका हुन्।

जनमत मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै करिब ४ महिनाअघि सरकारबाट बाहिरिएको थियो। अहिले पुनः सरकारमा सहभागी हुने तर पुरानै इच्छाअनुसारको मन्त्रालय पाउनुपर्ने जनमतको जोड छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा