"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदको अवरोध खुलाउन दलहरूसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय

प्रकाशित मिति :  16 August, 2023 12:39 pm


फाईल तस्वीर

काठमाडौँ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको संसद अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच छलफल भएको छ।संसद लामो समयदेखि अवरोध भएपछि सत्ता गठबन्धन दलका शीर्ष नेताहरू बुधबार बिहान छलफलमा जुटेका हुन्।

छलफलमा संसद सुचारू ‍गर्नेबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। संसदको अवरोध हटाएर सुचारू गर्न दलहरूसँगको संवादलाई तीव्र बनाउने निर्णय भएको शर्माले बताए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए।

त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमाले लगातार संसद अवरोध गर्दै आइरहेको छ। सत्ता गठनबन्धले भने यस प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको निष्कर्ष निकालिसकेको छ।

सत्ता गठबन्धनको सोमबारको बैठकले सुन प्रकरणमा सिआइबीले गरेको अनुसन्धान प्रभावित हुने भन्दै उच्चस्तरीय छानबिन समिति नबनाउने निर्णय गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता