"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदको अवरोध खुलाउन दलहरूसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय

प्रकाशित मिति :  16 August, 2023 12:39 pm


फाईल तस्वीर

काठमाडौँ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको संसद अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच छलफल भएको छ।संसद लामो समयदेखि अवरोध भएपछि सत्ता गठबन्धन दलका शीर्ष नेताहरू बुधबार बिहान छलफलमा जुटेका हुन्।

छलफलमा संसद सुचारू ‍गर्नेबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। संसदको अवरोध हटाएर सुचारू गर्न दलहरूसँगको संवादलाई तीव्र बनाउने निर्णय भएको शर्माले बताए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए।

त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमाले लगातार संसद अवरोध गर्दै आइरहेको छ। सत्ता गठनबन्धले भने यस प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको निष्कर्ष निकालिसकेको छ।

सत्ता गठबन्धनको सोमबारको बैठकले सुन प्रकरणमा सिआइबीले गरेको अनुसन्धान प्रभावित हुने भन्दै उच्चस्तरीय छानबिन समिति नबनाउने निर्णय गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्‌मा प्रतिनिधित्वका लागि राजनीतिक दलले

काठमाडौँ — गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित

काठमाडौँ – देश भरका ११५ क्षेत्रमा मतगणना चलिरहेको छ । बाकि क्षेत्रमा पनि सर्वदलिय बैठकहरु बस्ने तयारीमा छ । कतिपय

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई