"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्को गतिरोध खुलाउन राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रकाशित मिति :  16 August, 2023 2:24 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को गतिरोध खुलाउन चासो लिएका छन् । संसद्मा भइरहेको गतिरोध खुलाउने विषयमा राष्ट्रपति पौडेलले बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

राष्ट्रपति पौडेलको आमन्त्रणमा ओली शीतल निवास पुगेका थिए । त्यसक्रममा राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच करिब एक घन्टा छलफल भएको छ ।

भेटमा राष्ट्रपति पौडेलले लामा समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसद्प्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद्को गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रपति पौडेलले सत्तापक्ष र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूका बीचमा विश्वासको वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । ‘संसद् अवरुद्ध छ । त्यही खुलाउने विषयमा राष्ट्रपतिज्यूले चासो व्यक्त गर्नुभएको छ,’ पोखरेलले इकान्तिपुरसँग भने ।

सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै एमालेले तीन सातादेखि संघीय संसद् चल्न दिएको छैन । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिलाई भेटेर संसद् सञ्चालन विषयमा सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

बुधबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले संसद् सञ्चालनका लागि संवादलाई थप तीव्रता दिने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्‌मा प्रतिनिधित्वका लागि राजनीतिक दलले

काठमाडौँ — गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित

काठमाडौँ – देश भरका ११५ क्षेत्रमा मतगणना चलिरहेको छ । बाकि क्षेत्रमा पनि सर्वदलिय बैठकहरु बस्ने तयारीमा छ । कतिपय

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई