"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्को गतिरोध खुलाउन राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रकाशित मिति :  16 August, 2023 2:24 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को गतिरोध खुलाउन चासो लिएका छन् । संसद्मा भइरहेको गतिरोध खुलाउने विषयमा राष्ट्रपति पौडेलले बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

राष्ट्रपति पौडेलको आमन्त्रणमा ओली शीतल निवास पुगेका थिए । त्यसक्रममा राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच करिब एक घन्टा छलफल भएको छ ।

भेटमा राष्ट्रपति पौडेलले लामा समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसद्प्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद्को गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रपति पौडेलले सत्तापक्ष र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूका बीचमा विश्वासको वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । ‘संसद् अवरुद्ध छ । त्यही खुलाउने विषयमा राष्ट्रपतिज्यूले चासो व्यक्त गर्नुभएको छ,’ पोखरेलले इकान्तिपुरसँग भने ।

सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै एमालेले तीन सातादेखि संघीय संसद् चल्न दिएको छैन । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिलाई भेटेर संसद् सञ्चालन विषयमा सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

बुधबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले संसद् सञ्चालनका लागि संवादलाई थप तीव्रता दिने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता