"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राजनीतिक सम्बन्ध सुधारको प्रयासमा ओली-रावल दुइ घण्टा वार्ता

प्रकाशित मिति :  16 August, 2023 2:59 pm


काठमाडौँ । झन्डै २ वर्षपछि मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावल छलफलमा जुटे। हुन त एउटै दलका अध्यक्ष र नेता भेटघाट गर्नु नौलो कुरा होइन। तर ओली र रावल भेटघाटले भने राम्रै चर्चा पायाे। कारण दुई नेताबीच लामो समय तिक्त सम्बन्ध रह्याे। यसअघि उनीहरू एकै दलमा रहन नसक्नेसम्मका अड्कलबाजी थिए। दुवैले एकअर्कालाई ‘निषेध’कै बाटो लिएका थिए। ओलीले त रावललाई चुनाव लड्ने बाटो नै बन्द गरिदिए।

गएको आम निर्वाचनमा रावल अछाम-१ बाट प्रत्यक्ष चुनाव लड्न चाहन्थे। उनी तल्लाे कमिटीबाट सिफारिससमेत भएका थिए। तर ओलीले टिकट अर्कैलाई दिए। त्यसपछि रावल आक्रामक भए। उनले पत्रकार सम्मेलन नै गरेर ओलीले गरेका विगतका कुराको सविस्तार बताइदिए।

चुनावको समयमा गरिएका यस्ता कार्यले एमालेलाई घाटा हुने अनुमान थियो। यसको नतिजा स्वरूप रावललाई कारबाही गरिन सक्ने राजनीतिक वृतमा चर्चा पनि भयो। तर रावल पार्टी कारबाहीमा भने परेनन्।

रावल र ओलीबीच वाकयुद्व नै चल्यो। एकले अर्कालाई तल्लाेस्तरका गालीसमेत बर्साए। त्यो स्तरको गाली गलौजमा उत्रिएका दुवै नेता एकाएक वार्ताको टेबुलमा बस्नुलाई धेरैले सम्बन्ध सुधार भएको अनुमान गरेका छन्। दुवै नेताले पनि यसै भनेका छन्। एमाले मुख्यालय च्यासलमा भएको भेटवार्तापछि रावलले सकारात्मक छलफल भएको बताए।

रावल एमालेको १० औँ महाधिवेशनमा अध्यक्षमा ओलीसँग हारेका थिए। रावलले अध्यक्ष बन्न खोज्दा ओली आफै उम्मेदवार बनेका थिए। ओलीले ‘एकाधिकार’ जमाएर अध्यक्ष बनेको रावलको आरोप थियो।

रावलले एमाले महाधिवेशनप्रति पनि आलोचना गरेका थिए। यसअघि पनि रावल र ओली भिन्नाभिन्नै गुटमा थिए। ९औँ महाधिवेशनमा माधव नेपाल गुटबाट रावल उपाध्यक्ष बनेका थिए भने ओली अर्कै गुटका नाइके थिए। नेपाल एमाले विभाजनमा लाग्दा रावल भने एमालेमै रहे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा