"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्को अवरोध खुलाउन प्रधानमन्त्री र सभामुख भेटवार्ता

प्रकाशित मिति :  18 August, 2023 11:49 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को अवरोध खुलाउन प्रतिपक्ष दलसँग पहल गर्ने बताएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसँगको भेटमा प्रधानमन्त्री दाहालले सदनको अवरोध खुलाउन भूमिका खेल्ने बताएका हुन् ।

सभामुख घिमिरेसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले भनेका थिए, ‘म पनि सदन खुलाउन भूमिका खेल्छु । तपाईं पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।’

प्रधानमन्त्री दाहालसँगको भेटमा सभामुख घिमिरेले सदन अवरोध हुँदा प्राकृतिक विपत्तिलगायतका विषयमा सांसदहरूले बोल्न नपाएको बताएका थिए । ‘प्राकृतिक विपत्तिलगायतका धेरै विषयमा माननीयहरूले बोल्न पाइनँ भन्नुहुन्छ । दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन । आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन्,’ सभामुख घिमिरेले भनेका थिए ।

सदन नचल्दा संसदीय समितिको सभापति चयन गर्न नसकिएको पनि सभामुख घिमिरेले प्रधानमन्त्री दाहाललाई जानकारी गराएका थिए । बिहीबार मात्र सभापति चयन नभएको भन्दै एमालेले सार्वजनिक लेखा समितिको बैठक बहिष्कार गरेको थियो । सभामुख घिमिरेले भने सहमतिका लागि आफूले जिम्मेवारीपूर्वक पहल गरेको प्रधानमन्त्री दाहाललाई बताएका थिए । उनले भनेका थिए, ‘संसद्मा कानुन निर्माण भएनन् भन्ने गुनासो छ । सभामुखका रूपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु । तर, परिणाममा निस्किन सकेन । शीर्ष नेताहरू नै घण्टौं बस्दा पनि सहमति भएन ।’

सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरेपछि संसदीय समितिको नेतृत्व चयन प्रभावित बनेको छ । अवरोधकै कारण सभामुखले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन । दलहरूले संसदीय समितिको भागबन्डा टुंग्याए पनि समितिका सदस्य हेरफेरका लागि संसद् बैठक बस्न नसकेकै कारण नेतृत्व चयन हुन सकिरहेको छैन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय