"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिले समसामयिक राजनीतिका बारेमा सर्वदलीय बैठक बोलाउदै

प्रकाशित मिति :  18 August, 2023 12:09 pm


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लागेको राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले जानकारी दिए ।

‘राष्ट्रपति भएपछि बिरामी परेकाले उहाँले सबै दलका नेताहरूसँग एक पटक पनि भेट्न पाउनु भएको छैन,’ थापाले भने, ‘अहिले स्वास्थ्य पनि ठिक भएको र संसद पनि चलिरहेकोले एक पटक भेट्नु पर्छ भनेर तयारी भइरहेको हो ।’

उनका अनुसार शनिबार वा आइतबार सर्वदलीय बैठक बोलाइने छ। ‘सर्वदलीय बैठकका लागि पहिले पनि कुरा भएको हो । भोलि राष्ट्रपतिज्यूले हामीहरुसँग पनि बैठकको तयारीबारे कुरा गर्नुहुन्छ होला,’ थापाले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्‌मा प्रतिनिधित्वका लागि राजनीतिक दलले

काठमाडौँ — गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित

काठमाडौँ – देश भरका ११५ क्षेत्रमा मतगणना चलिरहेको छ । बाकि क्षेत्रमा पनि सर्वदलिय बैठकहरु बस्ने तयारीमा छ । कतिपय

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई