"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदको अवरोध भोलिदेखि हट्ने प्रधानमन्त्री प्रचण्डको दाबी, प्रतिपक्षी अडान कायमै

प्रकाशित मिति :  19 August, 2023 1:21 pm


काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारदेखि संसदको अवरोध हट्ने दाबी गरेका छन् । शनिबार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले पहल भइरहेको भन्दै आइतबारदेखि अवरोध हट्ने बताएका हुन् ।

संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै उनले आज पनि संसद अवरोध अन्त्यका लागि पहल गर्ने बताए । आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद सञ्चालन हुने उनको भनाइ छ ।

‘हामीले निरन्तर पहल गर्दै आएका छौं हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार नै आउनुभयो र उहाँसँग कुरा भएको छ । आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौं । आशा छ भोलि सदन खुल्छ,’ उनले भने ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसदमा संस्थागत ढंगबाट उच्चस्तरीय छानबिन समितिको माग राखिएको बताए । सरकारको कामकारबाहीको निगरानी गर्नेक्रममा सरकार कतै तस्कारको नै संरक्षणमा लागेको छैन भन्नेजस्तो आशंका उत्पन्न भएको उनको भनाइ छ । नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई