"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राज्यको सम्पत्ति दोहन गर्ने जो कसैलाई कारबाही हुर्नै पर्छ : महामन्त्री गगन थापा

प्रकाशित मिति :  19 August, 2023 5:48 pm


इलाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताएका छन्।ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरूको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारप्रति उनले गठबन्धनमा रहेर यस्तो निर्णय गर्न नहुने बताए।

‘अपराध गर्ने मान्छे पर्छ, यसमा कसैले टाउको दुखाउनु हुँदैन,’ उनले भने। नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउन पहल सबै मिलेर गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भएजस्तो अब गठबन्धनको बैठक पनि प्रत्यक्ष जनतामाझ पुर्‍याउन आँट गर्नुपर्ने बताए। 

भ्रष्टाचारमा जोडिएका जो–कोहीलाई छाड्न र उन्मुक्ति दिन नहुने उनको भनाइ छ। उनले जोसुकैसँग जोडिएका विषय पारदर्शी हुनुपर्ने औंल्याए। अब पार्टीको मात्र नभएर गठबन्धन वा जुनसुकै राष्ट्रिय सवालमा भएका निर्णयसमेत पारदर्शी बनाउनुपर्नेमा उनले जोड दिए।

नेपाली कांग्रेस इलाम नगर कार्यसमितिको दोस्रो नगर सम्मेलन उद्घाटनका क्रममा उनले जनता र युवा पिँढीमा रहेको नैराश्यता अन्त्य गर्न कांग्रेसले पहल गर्नुपर्नेमा जोड दिए। इमान्दार भएर काम गरेमा परिवर्तन सम्भव हुने उनको भनाइ छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।