"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभामुखले पनि विश्वासको मत दिए पछि कोशीमा नारावाजी

प्रकाशित मिति :  21 August, 2023 6:42 pm


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएका छन्। प्रदेशसभाका अध्यक्ष इस्राइल मन्सुरीसहितको मतमा मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेका हुन्। प्रदेशसभाको सोमबारको बैठकमा उपसभामुख सृजना दनुवार नेकपा एमालेको निर्देशनमा अनुपस्थित भएसँगै नेपाली कांग्रेसका इस्राइल मन्सुरीले सभाको अध्यक्षता गरेका थिए।

उनै मन्सुरीको मतसहित मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेका हुन्। संविधानको धारा १६८ (४) बमोजिम मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्न चाहेका थिए। भदौ १ गते प्रदेशसभामा भदौ ३ गतेका लागि विश्वासको मत लिन सूची दर्ता गराए पनि उपसभामुख दनुवारले भदौ ४ गते सोमबारका लागि समय तोकेकी थिइन्।

साउन १६ गते दोस्रोपटक मुख्यमन्त्री भएका थापाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। उपसभामुख दनुवार बिरामीको कारण देखाउँदै सोमबार बिहान ७ बजेको यती एयरलाइन्सको फ्लाइटबाट काठमाडौँ लागेकी थिइन्। उनी आफैँले बोलाएको बैठकमा अनुपस्थित हुनु संसदीय मर्यादाविपरीत हो। एमाले निर्देशनमा उनी काठमाडौँ लागेको आरोप सत्तापक्षको छ।

उनी काठमाडौँ लागेलगत्तै सत्ता गठबन्धनको बैठक बसेको थियो। बैठकमा विश्वासको मत लिने या नलिने भन्नेबारे छलफल भएको थियो। उपसभामखुले बोलाएको बैठकमा विश्वासको मत लिनुपर्ने निर्णय गरेसँगै सोमबार दिउँसो प्रदेशसभा बैठक बसेको थियो। जसअनुसार कांग्रेसका मन्सुरीले अध्यक्षता गरेका थिए।

९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सदस्य आवश्यक पर्छ। थापालाई कांग्रेसका २९ (सभा अध्यक्षसहित), माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी ४७ प्रदेशसभा सदस्यको समर्थन थियो। विपक्षमा भने नेकपा एमालेका ४० र राप्रपाका ६ सांसद छन्। ९३ सांसदमध्ये ७७ सांसद उपस्थित थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन