"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रकाशित मिति :  22 August, 2023 12:32 pm


काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले आज भने अवरोध नगर्ने जनाएको छ ।

सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकार तयार भएपछि एमाले पनि संसद बैठक सञ्चालन गर्न दिन तयार भएको हो ।

एमाले सचेतक महेश बर्तौलाले आजको बैठकमा अवरोध नहुने बताए । बर्तौलाले अनलाइनखबरसँग भने, ‘समिति गठनको प्रक्रिया अघि बढेकाले आजको संसद बैठक सन्चालन हुन्छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रियसभाबाट ‘चलचित्र विधेयक २०८१’ सर्वसम्मतले पारित भएको छ। सिंहदरबारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीको

काठमाडौँ- राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ। सभाको आजको बैठकमा राष्ट्रिय सभामा विचाराधीन

काठमाडौं – राष्ट्रिय सभा बैठकले विभिन्न तीन अध्यादेशलाई स्वीकृत गरेको छ । सिंहदरबारमा सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३

काठमाडौँ – आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम