"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ मा हुदै

प्रकाशित मिति :  24 August, 2023 5:17 pm


काठमाडौं । संसदीय समितिका सभापतिको निर्वाचन आगामी सोमबार हुने भएको छ। सभामुख देवराज घिमिरेले ११ भदौ दिउँसो १ बजेका लागि सभापति निर्वाचनको मिति तय गरेका हुन्। सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले दलहरूसँगको परामर्शमा सभामुख घिमिरेले सोमबारका लागि निर्वाचन मिति तोकेकाे जानकारी दिए।

१५ वैशाखमा गठन भएका प्रतिनिधिसभाका १० वटा विषयगत समितिले अझै सभापति पाउन सकेका छैनन्। त्यसैगरी दुईवटा संयुक्त समितिको पनि सभापति चयन भएको छैन।

दलहरूबीच समिति नेतृत्वको भागबन्डा भने भइसकेको छ। जसअन्तर्गत कांग्रेस चार, एमाले तीन, माओवादी दुई, जसपा एक, एकीकृत समाजवादी एक र जनमतले एक समिति सभापति पाउनेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्वोच्च अदालतले संसद् विघटन विरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बुधबार सर्वोच्चको संवैधानिक इजलासले संसद् विघटनविरुद्धको

काठमाडौँ — प्रतिनिधिसभाको हठात् भएको विघटनसँगै ३० वटा विधेयकहरू निष्क्रिय भएका छन् । प्रतिनिधिसभामा उत्पत्ति भएका तथा विचाराधीन रहेका ती

काठमाडौँ – नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रिय सभाबाट आएको संशोधन प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत गरेको छ। सभाको बुधबारको

काठमाडौँ- सांसदहरूले चाडपर्व निजिकिएसँगै यातायत सहज रूपमा सञ्चालन गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्। दसैँतिहारमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरूको चापको मध्यनजर गर्दै