"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ मा हुदै

प्रकाशित मिति :  24 August, 2023 5:17 pm


काठमाडौं । संसदीय समितिका सभापतिको निर्वाचन आगामी सोमबार हुने भएको छ। सभामुख देवराज घिमिरेले ११ भदौ दिउँसो १ बजेका लागि सभापति निर्वाचनको मिति तय गरेका हुन्। सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले दलहरूसँगको परामर्शमा सभामुख घिमिरेले सोमबारका लागि निर्वाचन मिति तोकेकाे जानकारी दिए।

१५ वैशाखमा गठन भएका प्रतिनिधिसभाका १० वटा विषयगत समितिले अझै सभापति पाउन सकेका छैनन्। त्यसैगरी दुईवटा संयुक्त समितिको पनि सभापति चयन भएको छैन।

दलहरूबीच समिति नेतृत्वको भागबन्डा भने भइसकेको छ। जसअन्तर्गत कांग्रेस चार, एमाले तीन, माओवादी दुई, जसपा एक, एकीकृत समाजवादी एक र जनमतले एक समिति सभापति पाउनेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रियसभाबाट ‘चलचित्र विधेयक २०८१’ सर्वसम्मतले पारित भएको छ। सिंहदरबारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीको

काठमाडौँ- राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ। सभाको आजको बैठकमा राष्ट्रिय सभामा विचाराधीन

काठमाडौं – राष्ट्रिय सभा बैठकले विभिन्न तीन अध्यादेशलाई स्वीकृत गरेको छ । सिंहदरबारमा सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३

काठमाडौँ – आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम