"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ललितानिवास जग्गा प्रकरणमा प्रहरीले २८६ जनालाई प्रतिवादी

प्रकाशित मिति :  24 August, 2023 7:01 pm


काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा प्रहरीले २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ । यसमा संलग्न बाँकी २१ जनाको मृत्यु भइसकेकाले सम्पत्तिबाट बिगो भराउन राय दिएको छ ।

यस मामिलामा अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा रामकुमार सुवेदी, उनकी पत्नी माधवी सुवेदी, शोभाकान्त ढकाल, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह काठमाडौं-५ का तत्कालीन वडासचिव शिवजी भट्टराईलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ । उनीहरु पक्राउ परिसकेका छन् ।

भूमिसुधार तथा व्यवस्था विभागका रुद्रकुमार श्रेष्ठ, शहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर बालकृष्ण श्रेष्ठ, तत्कालीन मालपोत कार्यालयका प्रमुख कलाधर देउवालाई पनि प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ ।

भूमि सुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव रवीन्द्रमान जोशी,  दिनेशहरि अधिकारी, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव युवराज भुसालविरुद्ध पनि मुद्दा चलाउन सीआईबीले भनेको छ ।

सीआईबीले पूर्वभूमिसुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, भौतिक योजना तथा निर्माण मन्त्रालयका मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह लगायतलाई पनि प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सीआईबीले किर्ते र संगठित अपराध मुद्दामा अनुसन्धान गरेको थियो । अनुसन्धान सकेर सीआईबीले मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ ।

हाल जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीले दिएको प्रतिवेदन अध्ययन गरिरहेको छ । अब केही दिनमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने सरकारी वकिल कार्यालयको तयारी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा