"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोशीमा अब छिटै एमालेकै सरकार बन्ने केपी ओली दाबी

प्रकाशित मिति :  25 August, 2023 7:15 pm


काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा छिटै आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन्। आज शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले असंवैधानिक तरिकाले बनेको सरकार धेरै नटिक्ने र अब एमालेकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका हुन्।

सरकार बनाउन बहुमत चाहिएला नि भन्ने पत्रकारहरूको प्रश्नको जवाफ दिँदै ओलीले एमालेको बहुमत पुग्ने दाबी गरे।

‘सरकार बन्न ४७ सांसदको समर्थन चाहिन्छ। अब एमालेको सरकार बन्दा ४७ होइन ५० भन्दा बढी सांसदको समर्थन हुन्छ,’ उनले भने। अध्यक्ष ओलीले संविधानविपरीत कोशीमा मुख्यमन्त्री उद्वव थापाले प्रदेशसभाबाट विश्वासको मत लिएको बताए। ‘संविधान मिचेर कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाएको छ,’ उनले भने, ‘कांग्रेसको बलजफ्ती एकछिनका लागि हो। सधैँ चल्दैन।’

उनले हतियार नै उठाएर हिँडेको माओवादी केन्द्रले नमाने पनि कांग्रेसजस्तो पुरानो पार्टीले संविधान मान्नुपर्ने बताए। ‘हतियार नै उठाएर हिँडेको माओवादीले संविधान नमान्नु ठूलो विषय होइन। तर, कांग्रेसजस्तो पुरानो पार्टीले कम्तीमा संविधान मान्नुपर्थ्यो,’ ओलीले भने। अध्यक्ष ओलीले सत्ता गठबन्धनकै दलका कारण कोशीमा अस्थिरता उत्पन्न भएको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा