"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोशीमा अब छिटै एमालेकै सरकार बन्ने केपी ओली दाबी

प्रकाशित मिति :  25 August, 2023 7:15 pm


काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा छिटै आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन्। आज शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले असंवैधानिक तरिकाले बनेको सरकार धेरै नटिक्ने र अब एमालेकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका हुन्।

सरकार बनाउन बहुमत चाहिएला नि भन्ने पत्रकारहरूको प्रश्नको जवाफ दिँदै ओलीले एमालेको बहुमत पुग्ने दाबी गरे।

‘सरकार बन्न ४७ सांसदको समर्थन चाहिन्छ। अब एमालेको सरकार बन्दा ४७ होइन ५० भन्दा बढी सांसदको समर्थन हुन्छ,’ उनले भने। अध्यक्ष ओलीले संविधानविपरीत कोशीमा मुख्यमन्त्री उद्वव थापाले प्रदेशसभाबाट विश्वासको मत लिएको बताए। ‘संविधान मिचेर कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाएको छ,’ उनले भने, ‘कांग्रेसको बलजफ्ती एकछिनका लागि हो। सधैँ चल्दैन।’

उनले हतियार नै उठाएर हिँडेको माओवादी केन्द्रले नमाने पनि कांग्रेसजस्तो पुरानो पार्टीले संविधान मान्नुपर्ने बताए। ‘हतियार नै उठाएर हिँडेको माओवादीले संविधान नमान्नु ठूलो विषय होइन। तर, कांग्रेसजस्तो पुरानो पार्टीले कम्तीमा संविधान मान्नुपर्थ्यो,’ ओलीले भने। अध्यक्ष ओलीले सत्ता गठबन्धनकै दलका कारण कोशीमा अस्थिरता उत्पन्न भएको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।