"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसले टुंगो लगायो ४ समितिमा सभापतिका उम्मेदवार, को को छन ?

प्रकाशित मिति :  27 August, 2023 11:48 am


काठमाडौँ । नेपाली कांग्रेसले संसदीय विषयगत समितिका सभापतिका उम्मेदवार टुंगो लगाएको छ। संसदीय समितिमा कांग्रेसले चार वटा समितिको नेतृत्व पाउने सहमति दलहरूले गरेका छन्।

संसद्‌मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दल रास्वपा र राप्रपालाई बाइपास गरेर कांग्रेस, माओवादी जसपा र नेकपा एकीकृत समाजवादीले सभापतिको भागबन्डा गरेका छन्। त्यस्तै प्रमुख विपक्षी दल एमालेले पनि भाग लिएको छ।

भागबन्डाअनुसार कांग्रेसले आफूले पाउने राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषि समितिमा आरजु राणा देउवा, अर्थ समितिमा सन्तोष चालिसेलाई सभापतिको उम्मेदवार बनाउने भएको हो।

संसदीय समितिको सभापतिका लागि आज मनोनयन हुँदै छ। समितिको नेतृत्व चयन नहुँदा ९ महिनादेखि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो।

समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उमेदवारी मनोनयन प्रस्ताव दर्ता गराउनसक्ने छन्।

समितिमा बाइपासमा परेको रास्वपाले भने आफ्नै उम्मेदवार उठाउने निर्णय संसदीय दलको बैठक बसेर गरेको छ। तर उम्मेदवार कोको हुने भन्ने टुंगो लागिनसकेको रास्वपाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा