"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय समितिमा सत्ता र प्रतिपक्षका सभापति उम्मेदवारको टुंगो लाग्यो

प्रकाशित मिति :  27 August, 2023 11:57 am


काठमाडौँ । संसदीय समितिका सभापतिको उम्मेदवारीका लागि सत्तारूढ र प्रमुख प्रतिपक्षका साझा उम्मेदवारको टुंगो लागेको छ । प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो ।

संसदीय समितिका सभापतिको निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमाले साझा उम्मेदवार उठाउने निर्णय गरेका छन् । जसअनुसार नेपाली कांग्रेसले ४, नेकपा एमालेले ३, नेकपा माओवादी केन्द्रले २, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमत पार्टीले १-१ वटा समितिको सभापतिमा उम्मेदवारी दिने सहमति गरेका छन् ।

माओवादीबाट विकास समिति सभापतिमा माधव सापकोटा र कानुन समितिमा विमला सुवेदीको उम्मेदवारी तय भएको छ ।

कांग्रेसबाट राज्यव्यवस्था समिति सभापतिमा रामहरि खतिवडा, अर्थ समितिमा सन्तोष चालिसे र कृषि समितिको उपसभापतिमा आरजू देउवाको उम्मेदवारी टुंगो लागेको हो ।

यस्तै, अन्तर्राष्ट्रिय समितिमा जसपाबाट राजकिशोर यादव र एमालेबाट सार्वजनिक लेखा समितिमा ऋषि पोखरेलको उम्मेदावरी टुंगो लागेको हो । महिला समितिमा एमालेबाटै किरण साहको उम्मेदवारी तय भएको छ ।

यस्तै, उद्योग समितिमा जनमत पार्टीबाट अब्दुल खान र शिक्षा समितिमा एकीकृत समाजवादीबाट भानुभक्त जोशीको उम्मेदवारी टुंगो लागेको हो ।

प्रतिनिधिसभाका १० र दुई वटा संयुक्त समितिका सभापति चयन भएका छैनन् । प्रतिनिधिसभाका समितिको गठन वैशाख १५ मा भएको थियो ।

सभामुखले सभापति चयनका लागि मिति नतोक्दा र राजनीतिक दलहरूले चासो नराख्दा संसदीय समितिहरू प्रभावहीन भएका थिए । समितिको निर्वाचनका लागि आज बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २

काठमाडौं – प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा  समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९

काठमाडौं – निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार