"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्ता जोगाउनकै लागि भ्रष्टाचारका मुद्दाको अनुसन्धान रोकिन्न : प्रधानमन्त्री

प्रकाशित मिति :  27 August, 2023 12:02 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारका मुद्दाको अनुसन्धानका क्रममा जो कोही दोषी भेटिए पनि कारबाही हुने बताएका छन् । उनले सत्ता जोगाउनकै लागि आफूले कोही पनि दोषी उम्किने गरी सम्झौता नगर्ने बताए । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका कांग्रेसको रुपान्तरण अभियानका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले आफ्नै पार्टीका नेता कार्यकर्ता परे पनि अनुसन्धानको दायरामा ल्याउने बताए ।

भेटका क्रममा रुपान्तरण अभियानका नेताहरूले सरकारले भ्रष्टाचार प्रकरणको छानबिन थालेकोप्रति प्रशंसा गर्दै ललिता निवास प्रकरण, भुटानी शरणार्थी प्रकरण र सुन प्रकरणमा संलग्नहरूलाई यो वा त्यो नभनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका थिए । कांग्रेस नेताहरूले सरकारले प्रभावशाली नेताहरूलाई छाडेर कर्मचारी र अन्यलाई मात्रै कारबाही हुने गरी निर्देशन गरेको चर्चा भइरहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा प्रधानमन्त्री दाहालले कुनै पनि प्रकरणमा आफ्नै पार्टीको नेता संलग्न भए पनि कारबाहीको दायरामा ल्याउने बताए ।

‘तपाईंहरूले जिम्मेवार नागरिकको रुपमा कुरा राख्नुभयो । यो ठीक छ,’ प्रधानमन्त्री दाहालले जवाफमा भनेको उद्धृत गर्दै नेता भूपेन्द्रजङ्ग शाहीले भने, ‘तर भ्रष्टाचारीलाई कारबाही गर्ने कुरामा म पहिल्यै प्रतिबद्ध छु । मेरो पद गए केही छैन, तर यो कुरामा दायाँबायाँ हुँदैन । मेरै पार्टीका नेता परे भने पनि कारबाही हुन्छ ।’

प्रधानमन्त्री दाहालले भ्रष्टाचारका प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको भन्दै आफूले सीआईबीलाई जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको बताए । ‘मैले नेपाल प्रहरीलाई भनिसकेको छु । कसैलाई समाउने वा कसैलाई नसमाउने भन्ने कुरा प्रहरीकै कार्यक्षेत्रको कुरा हो,’ दाहालले अघि भनेका थिए, ‘मैले पूर्वाग्रही भएर काम गरेको छैन । जो कोही परे पनि मलाई कुनै आपत्ति छैन ।’

कांग्रेसमा नेता शेखर कोइरालानिकट नेताहरू मधु आचार्य, गुरुराज घिमिरे, भुपेन्द्रजङ्ग शाही, जगदीश्वरनरसिंह केसीलगायतले रुपान्तरण अभियान चलाइरहेका छन् । आइतबार प्रधानमन्त्रीलाई भेटेका नेताहरूले प्रधानमन्त्रीकै पदमा रहेर सामाजिक सद्भाव भड्काउने गरी अभिव्यक्ति दिन नहुनेतर्फ समेत ध्यानाकर्षण गराएका छन् ।

भेटमा नेता जगदीश्वरनरसिंह केसीले प्रधानमन्त्रीको कुर्सीमा बसेर तपाईंले सामाजिक सद्भाव बिग्रिने गरी अभिव्यक्ति दिन मिल्दैन भनेका थिए । ‘सामाजिक सद्भाव कायम गर्ने कुरामा सरकार जिम्मेवार हुन्छ । प्रधानमन्त्रीको कुर्सीमा बसेर दलीय हिसाबले अभिव्यक्ति दिन मिल्दैन,’ केसीले भनेका थिए । यसअघि नेता कोइरालाले शनिबारमात्रै धरानको घटनामा प्रधानमन्त्री पनि जिम्मेवार रहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्‌मा प्रतिनिधित्वका लागि राजनीतिक दलले

काठमाडौँ – नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा माघ एक महिनामा औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ। गत माघमा