"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचार र अनियमितताका काण्डहरु विरुद्ध एकताको खाँचो : महामन्त्री गगन

प्रकाशित मिति :  28 August, 2023 6:50 pm


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला भ्रष्टाचार काण्डलाई सामसुम पार्न सत्ता, शक्ति, पहुँच र नाता सम्बन्धका आधारमा मिलेमतो भइरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो मिलेमतोलाई तोड्न पार्टीभित्र र बाहिर सहकार्यको प्रस्ताव राखेका छन् ।

ललिता निवास, नक्कली भुटानी शरणार्थी, सुुन तस्करी, टीकापुर जग्गा घोटालाजस्ता काण्डहरु सार्वजनिक हुँदा यस्ता घटना सामसुम पार्नेहरु आपसमा मिलेको थापाले बताए ।

‘यस्ता घटना सामसुम पार्न उनीहरु मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने ? विगतमा जस्तै एउटै पार्टीभित्र समान धारणा भएको एक ठाउँमा आऔं, यस्तै धारणा भएको अन्य पार्टीका साथीहरुसँग पनि समान धारणा बनाऔं, अनि पार्टी बाहिरको नागरिक आन्दोलनसँग एकाकार होऔं’ थापाले भनेका छन् ।

भ्रष्टाचार र अनियमितताका काण्डहरुमा सार्वजनिक रुपमा ठूलाहरुले चर्को बोल्ने, एक अर्कालाई तर्साउने तर बन्द कोठामा बसेर सामसुम पार्ने अनि अनुकुलतामा सत्ता बार्गेनिङको टुल बनाउने सम्भावना धेरै देखिएको थापाले बताए ।

अहिले प्रयास गरेमा भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानुनी संरचनागत र संस्थागत गर्ने वातावरण बन्दै गएको उनले बताए । थापाले जुनसुकै पार्टी र जहाँ भए पनि भ्रष्टाचारको जालो तोड्न सँगै लाग्न आह्वान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा