"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्थानीय तह निर्वाचनमा ८० दलले भाग लिने

प्रकाशित मिति :  १६ फाल्गुन २०७८, सोमबार १३:५७


काठमाडौं । स्थानीय तह निर्वाचनमा सहभागी हुन ८० वटा राजनीति दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा भाग दिन ८० वटा राजनीतिक दलले निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभयो । यद्यपि आयोगमा ११० वटा राजनीतिक दल दर्ता छन् । जसमा ८० वटा दलले निर्वाचनमा भाग लिन निवेदन दिएका हुन् ।

आयोगले फागनु ५ देखि १५ गते आइतबारसम्म दल दर्ताका लागि समय निर्धारण गरेको थियो । आयोगका अनुसार राष्ट्रिय दल मान्यता प्राप्त नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी , नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीसहित साना दलले निर्वाचनमा भाग दिन निवेदन दिएका छन् ।

दल दर्ताका लागि निवेदन दिने समय सकिएको र अब राजनीतिक दलले बुझाएको कागज कानुन बमोजिम छ कि छैन त्यसबारे छानबिन गरेर मात्र आयोगमा दर्ता गर्ने प्रवक्ता पौडेलले बताउनुभयो ।

आयोगको निर्वाचन कार्यतालिका अनुसार आयोगमा दर्ता भएका निवेदनमा आवश्यक कागज भए नभएको बारे छानबिनको काम टुङ्ग्याइसकेपछि २६ गते राजनीतिक दल दर्ताको स्वीकृति दिइनेछ ।

आयोगमा दर्ता भएका दलहरुले निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ । दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलहरुले केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या खुलाउनुपर्ने, लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने प्रावधान छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्याङ्जा – पछिल्लो समय गल्याङ नगरपालिकाले विभिन्न सुचकहरुको सुधारका लागि समयानुकुल नीतिहरुको निर्माण र कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ । सामाजिक,

काठमाडौं । काठमाडौं विश्वको चौथो प्रदूषित शहर बनेको छ । यो समाचार तयार पार्दासम्म काठमाडौंको वायु प्रदूषण १८५ मापन गरिएको

स्याङ्जा – देशैभरिका गाउँपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका उत्कृष्ट बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन

रुपन्देही – वधशाला सञ्चालन सम्बन्धी विवाद समाधानका लागि रुपन्देहीको बुटवल उपमहानगरपालिका र मासु व्यवसायीबीच २५ बुँदे सहमति भएको छ ।