"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचारविरूद्ध जारी सरकार टिक्छ, टिक्दैन मलाई टेन्सन छैन: प्रधानमन्त्री

प्रकाशित मिति :  31 August, 2023 7:27 pm


बिहीबार सुर्खेतमा समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै नेकपा मा‌ओवादी केन्द्र अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले भने, ‘गठबन्धन र सरकारको तर्फबाट भ्रष्टाचारविरूद्ध अभियान चलाइएको छ। सरकारले दायाँबायाँ हेर्दैन। सरकार र मोर्चा एकढिक्का भएर यसैमा केन्द्रित छ।’

पहिले विभिन्न कारणले अलग भएका दलहरू समाजवादी मोर्चाबाट एक ठाउँमा जुटेकोले खुसी लागेको प्रधानमन्त्री दाहालको भनाइ थियो।

‘सामाजिक न्याय, सुशासनका पक्षमा यो मोर्चा एक भएर लड्दा हामी सफल हुनेछौं,’ उनले भने, ‘सरकार कति दिन टिक्छ , टिक्दैन मलाई टेन्सन छैन।’

केही मानिसले प्रचण्डले आफ्ना कार्यकर्तालाई बचाउँछ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै भने, ‘मैले सिआइबीलाई भनेको छु, गल्ती गरेको भए मलाई पनि समाउनुस्, अनुसन्धान गर्नुहोस् भनेको छु।’

सरकारले राम्रा काम गरिरहे पनि प्रतिक्रियावादीले नरूचाएको उनको भनाइ थियो। उनले आफू युएन महासभा र चीन भ्रमणमा जाँदा किसानका मुद्दा उठाउने प्रतिबद्धता पनि जनाएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय