"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले जनपक्षीय कामको सुरुआत गरेको प्रचण्डको दाबी

प्रकाशित मिति :  2 September, 2023 4:55 pm


काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले इतिहासले नै सम्झिने गरी कयौं सहासिक र जनपक्षीय कामको सुरुआत गरेको बताएका छन् । आज पार्टीको तीन महिने विशेष रुपान्तरण अभियानको भर्चुअल रुपमा उद्घाटन गर्दै प्रचण्डले आफ्नो नेतृत्वको सरकारले इतिहास लेखिने गरी सामाजिक न्याय र  सुशासनको पक्षमा काम गरेको बताएका हुन् ।

प्रचण्डले भने, ‘सरकारले इतिहासले नै सम्झिने गरी कयौं सहासिक र जनपक्षीय कामहरु अगाडि बढाएको छ ।’ सरकारले विकास र समृद्धिलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले अहिले जनतामा निराशा चरेर आशा र भरोभाको वातावरण बढेको दाबी गरे ।

जनतामा सरकार र प्रणालीप्रतिको विश्वास बढ्दै गएको उनको भनाइ छ । उनले नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन तस्करी प्रकरणको कारबाहीले राज्य शक्तिको दुरुपयोगबाट भएका अपराध कर्मको पर्दाफास गरिएको बताए । साथै प्रचण्डले पार्टीको रुपान्तरण अभियानले पार्टीलाई सक्षम बनाउने विश्वास व्यक्त गरे । सिंगो पार्टी एकढिक्का भएर अघि बढे सबै चुनौतीको सामना गर्न सकिने बताउँदै उनले देशैकै बलियो पार्टीका रुपमा रुपान्तरण गर्न सकिने दाबी गरे ।

पार्टीको जीवनका लागि र देशको उज्वल भविष्यका लागि यो अभियान सुरु गरेको भन्दै उनले यसले जनसम्बन्ध बलियो बनाउने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।