"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व चयनमा सहमतिको प्रयास

प्रकाशित मिति :  3 September, 2023 2:48 pm


बुटवल । रुपन्देहीको बुटवलमा जारी नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व चयनमा सहमतिको प्रयास भइरहेको नेताहरुले बताएका छन् । राधाकृष्ण कँडेल र हरि रिजालले दुवैले नेतृत्वमा दाबी नछाडेपछि सहमतिको प्रयास भइरहेको हो । कँडेल उपाध्यक्ष विष्णु पौडेल पक्षका र रिजाल महासचिव शंकर पोखरेल पक्षका हुन् । कँडेल हालका अध्यक्षसमेत हुन् ।

एमालेका एक नेताले भने, ‘दुई जनाको नाममा सहमतिको प्रयास भइरहेको छ । हिजो रातभर प्रयास गर्दा पनि सफल भएन । फेरि पनि सहमतिको प्रयास जारी छ ।’ अधिवेशनको उदघाटन समारोहमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेललगायत सबैजसो नेताहरुले गुटबन्दीको विरोध गरे पनि आफू निकटका व्यक्तिलाई नेतृत्वमा पुर्‍याउन गुटगत प्रयास भने भइरहेका छन् । त्यसैले नेतृत्व चयनमा ढिलाइ भइरहेको छ ।

अधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व छिटो टुंगो लगाउन निर्देशन दिएका थिए । बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा पनि ओलीले पार्टीका उपाध्यक्ष, महासचिव, सचिवसहितका नेताहरु लुम्बिनी प्रदेशकै भएको भन्दै सहमतिमा नाम टुंग्याउन भनेका थिए ।

आइतबार बिहान काठमाडौं फर्किनुअघि बन्दसत्रलाई सम्बोधन गरेका ओलीले सबै अधिकार पार्टी सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याललाई भएको बताउँदै दृढतापूर्वक अघि बढ्न आग्रह गरेका थिए । अर्याललाई निर्देशन गर्दै ओलीले भने, ‘फैसला दिनुपर्यो भने दृढतापूर्वक दिनुस्, मनाउनुस् ।’

उनले प्रतिनिधिहरुलाई समेत इञ्चार्जको निर्देशन मान्नुपर्ने बताउँदै उनले चुनावमा जाने अन्तिम अधिकार भने कायम रहेको बताए । उनले इगो त्यागेर नेकपा एमाले एकताबद्ध र सुदृढ हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।