"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व चयनमा सहमतिको प्रयास

प्रकाशित मिति :  3 September, 2023 2:48 pm


बुटवल । रुपन्देहीको बुटवलमा जारी नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व चयनमा सहमतिको प्रयास भइरहेको नेताहरुले बताएका छन् । राधाकृष्ण कँडेल र हरि रिजालले दुवैले नेतृत्वमा दाबी नछाडेपछि सहमतिको प्रयास भइरहेको हो । कँडेल उपाध्यक्ष विष्णु पौडेल पक्षका र रिजाल महासचिव शंकर पोखरेल पक्षका हुन् । कँडेल हालका अध्यक्षसमेत हुन् ।

एमालेका एक नेताले भने, ‘दुई जनाको नाममा सहमतिको प्रयास भइरहेको छ । हिजो रातभर प्रयास गर्दा पनि सफल भएन । फेरि पनि सहमतिको प्रयास जारी छ ।’ अधिवेशनको उदघाटन समारोहमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेललगायत सबैजसो नेताहरुले गुटबन्दीको विरोध गरे पनि आफू निकटका व्यक्तिलाई नेतृत्वमा पुर्‍याउन गुटगत प्रयास भने भइरहेका छन् । त्यसैले नेतृत्व चयनमा ढिलाइ भइरहेको छ ।

अधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व छिटो टुंगो लगाउन निर्देशन दिएका थिए । बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा पनि ओलीले पार्टीका उपाध्यक्ष, महासचिव, सचिवसहितका नेताहरु लुम्बिनी प्रदेशकै भएको भन्दै सहमतिमा नाम टुंग्याउन भनेका थिए ।

आइतबार बिहान काठमाडौं फर्किनुअघि बन्दसत्रलाई सम्बोधन गरेका ओलीले सबै अधिकार पार्टी सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याललाई भएको बताउँदै दृढतापूर्वक अघि बढ्न आग्रह गरेका थिए । अर्याललाई निर्देशन गर्दै ओलीले भने, ‘फैसला दिनुपर्यो भने दृढतापूर्वक दिनुस्, मनाउनुस् ।’

उनले प्रतिनिधिहरुलाई समेत इञ्चार्जको निर्देशन मान्नुपर्ने बताउँदै उनले चुनावमा जाने अन्तिम अधिकार भने कायम रहेको बताए । उनले इगो त्यागेर नेकपा एमाले एकताबद्ध र सुदृढ हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा