"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समसामयिक विषयमा सांसद्हरुले गराए सरकारको ध्यानाकर्षण

प्रकाशित मिति :  4 September, 2023 2:41 pm


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको आकस्मिक समयमा सांसद जनार्दन शर्माले हावाहुरीले पश्चिम नेपालमा मकैबाली नष्ट भएकाले उचित क्षतिपूर्तिको माग गरे ।

सांसद ज्ञानबहादुर शाहीले कर्णाली राजमार्गलगायत क्षेत्रका सडकको मर्मतसम्भार गर्न माग गरेका छन् । उनले प्रधानमन्त्रीले क्रिकेट खेलाडीका लागि रू। १७ लाख दिने घोषणा गरेकामा हालसम्म नदिइएको भन्दै उक्त रकम छिटो दिनुपर्नेमा जोड दिए।

सांसद अब्दुल खानले बर्दियाबाट ३५ वटा सीमास्तम्भ हराएको उल्लेख गर्दै विगतदेखिकै सरकार मौन बस्दै आएकामा आपत्ति जनाए । उनले सीमास्तम्भ हराउने र बगाउने कुराको निदान गर्नुपर्ने बताए । सांसद खानले नीतिगतदेखि उपभोक्ता समितिसम्म भ्रष्टाचार बढेको जनाउँदै भ्रष्टाचारका विरुद्ध प्रभावकारी रुपमा काम गर्नुपर्नेमा उनले जोड दिए ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्वोच्च अदालतले संसद् विघटन विरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बुधबार सर्वोच्चको संवैधानिक इजलासले संसद् विघटनविरुद्धको

काठमाडौँ — प्रतिनिधिसभाको हठात् भएको विघटनसँगै ३० वटा विधेयकहरू निष्क्रिय भएका छन् । प्रतिनिधिसभामा उत्पत्ति भएका तथा विचाराधीन रहेका ती

काठमाडौँ – नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रिय सभाबाट आएको संशोधन प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत गरेको छ। सभाको बुधबारको

काठमाडौँ- सांसदहरूले चाडपर्व निजिकिएसँगै यातायत सहज रूपमा सञ्चालन गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्। दसैँतिहारमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरूको चापको मध्यनजर गर्दै