"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समसामयिक विषयमा सांसद्हरुले गराए सरकारको ध्यानाकर्षण

प्रकाशित मिति :  4 September, 2023 2:41 pm


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको आकस्मिक समयमा सांसद जनार्दन शर्माले हावाहुरीले पश्चिम नेपालमा मकैबाली नष्ट भएकाले उचित क्षतिपूर्तिको माग गरे ।

सांसद ज्ञानबहादुर शाहीले कर्णाली राजमार्गलगायत क्षेत्रका सडकको मर्मतसम्भार गर्न माग गरेका छन् । उनले प्रधानमन्त्रीले क्रिकेट खेलाडीका लागि रू। १७ लाख दिने घोषणा गरेकामा हालसम्म नदिइएको भन्दै उक्त रकम छिटो दिनुपर्नेमा जोड दिए।

सांसद अब्दुल खानले बर्दियाबाट ३५ वटा सीमास्तम्भ हराएको उल्लेख गर्दै विगतदेखिकै सरकार मौन बस्दै आएकामा आपत्ति जनाए । उनले सीमास्तम्भ हराउने र बगाउने कुराको निदान गर्नुपर्ने बताए । सांसद खानले नीतिगतदेखि उपभोक्ता समितिसम्म भ्रष्टाचार बढेको जनाउँदै भ्रष्टाचारका विरुद्ध प्रभावकारी रुपमा काम गर्नुपर्नेमा उनले जोड दिए ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रियसभाबाट ‘चलचित्र विधेयक २०८१’ सर्वसम्मतले पारित भएको छ। सिंहदरबारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीको

काठमाडौँ- राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ। सभाको आजको बैठकमा राष्ट्रिय सभामा विचाराधीन

काठमाडौं – राष्ट्रिय सभा बैठकले विभिन्न तीन अध्यादेशलाई स्वीकृत गरेको छ । सिंहदरबारमा सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३

काठमाडौँ – आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम