"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने विश्वास पनि हरायो : अर्जुननरसिंह केसी

प्रकाशित मिति :  4 September, 2023 5:52 pm


काठमाडौँ । सत्तारुढ प्रमुख घटक कांग्रेस सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने कुराको विश्वास नभएको बताए । सांसद केसीले एक वर्ष पनि काम गर्न नदिएर प्रहरी अधिकारीहरूलाई सरुवा गरेसँगै वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि केही काम गर्छ भन्ने विश्वास हराएको तर्क गरेका हुन् ।

सोमबार प्रतिनिधि भा बैठकमा विशेष समय लिएर बोल्दै सांसद केसीले भ्रष्टाचारका फाइल एकपछि अर्को खुले पनि त्यो बीचमै तुहिने अवस्था आएको भन्दै त्यसतर्फ सरकारलाई सचेत गराए । सांसद केसीले मुलुकमा सामाजिक सदभाव बिलोलिने काम भइरहँदा पनि सरकार मुकदर्शक बनिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

‘५ महिना र ७ महिना नपुग्दै अहिले प्रहरी अफिसरहरू जुन ढंगले परिवर्तन भएका छन । त्यो परिवर्तन केका लागि, किन ? कमसेकम न्यूनतम एक वर्षसम्म रहने त सामान्य नियम हो । जुन ढंगले सरुवा गर्ने काम भएको छ । त्यसले आम रुपबाट भ्रष्टाचार गतिविधिहरुलाई नियन्त्रण हुन्छ भन्ने कुराको विश्वास हराएको छ । सरकार यतातिर शतर्क बनोस्,’ केसीले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।