"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने विश्वास पनि हरायो : अर्जुननरसिंह केसी

प्रकाशित मिति :  4 September, 2023 5:52 pm


काठमाडौँ । सत्तारुढ प्रमुख घटक कांग्रेस सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने कुराको विश्वास नभएको बताए । सांसद केसीले एक वर्ष पनि काम गर्न नदिएर प्रहरी अधिकारीहरूलाई सरुवा गरेसँगै वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि केही काम गर्छ भन्ने विश्वास हराएको तर्क गरेका हुन् ।

सोमबार प्रतिनिधि भा बैठकमा विशेष समय लिएर बोल्दै सांसद केसीले भ्रष्टाचारका फाइल एकपछि अर्को खुले पनि त्यो बीचमै तुहिने अवस्था आएको भन्दै त्यसतर्फ सरकारलाई सचेत गराए । सांसद केसीले मुलुकमा सामाजिक सदभाव बिलोलिने काम भइरहँदा पनि सरकार मुकदर्शक बनिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

‘५ महिना र ७ महिना नपुग्दै अहिले प्रहरी अफिसरहरू जुन ढंगले परिवर्तन भएका छन । त्यो परिवर्तन केका लागि, किन ? कमसेकम न्यूनतम एक वर्षसम्म रहने त सामान्य नियम हो । जुन ढंगले सरुवा गर्ने काम भएको छ । त्यसले आम रुपबाट भ्रष्टाचार गतिविधिहरुलाई नियन्त्रण हुन्छ भन्ने कुराको विश्वास हराएको छ । सरकार यतातिर शतर्क बनोस्,’ केसीले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा