"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमसीसीबारे नेपालको व्याख्यात्मक घोषणालाई चीनको ध्यानाकर्षण

प्रकाशित मिति :  28 February, 2022 6:38 pm


काठमाडौं । नेपालको संसद्‍बाट आइतबार अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)सम्झौता पारित भएपछि चीनले व्याख्यात्मक घोषणालाई ध्यान दिएको बताएको छ।

सोमबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले एक मित्रवत् छिमेकी र विकास साझेदारका रूपमा चीनले सधैंझैं नेपाली जनताको विकासको बाटो छनोटलाई समर्थन गर्ने बताए।

आइतबार नेपाली संसदले एमसीसी सम्झौता अनुमोदन गर्दै ‘व्याख्यात्मक घोषणा पत्र’ सार्वजनिक गरेको थियो। पत्रकार सम्मेलनमा प्रवक्ता वाङले अन्तर्राष्ट्रिय विकास सहयोगले पारस्परिक सम्मान र समान व्यवहारको सिद्धान्तलाई पालना गर्नुपर्ने, सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्ने र अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हेतुले कुनै राजनीतिक शर्त नराख्ने कुरामा चीनले बारम्बार जोड दिने गरेको बताए।

चीनले एमसीसीको सम्बन्ध बेइजिङबाट व्यक्त भएको यो तेस्रो प्रतिक्रिया हो भने नेपालको संसद्बाट एमसीसी पारित भएपछिको पहिलो प्रतिक्रिया हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन